राष्ट्रपति पौडेलले समकक्षी ट्रम्पलाई दिए बधाई
बुधबार, २१ कात्तिक २०८१, १७ : ०८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।
राष्ट्रपतिको आधिकारिक ट्विटर मार्फत पौडेलले अमेरिकाको राष्ट्रपतिका रूपमा ट्रम्पको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गर्दै यस अवधिमा नेपाल–अमेरिकाबिचको सम्बन्ध अझ बलियो हुने विश्वास पनि लिएका छन् ।
राष्ट्रपति पौडेलले ट्रम्पको नेतृत्वमा विश्व शान्ति कायम होस् भन्ने सन्देश पनि दिएको राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखरेलले बताए । अमेरिकाको राष्ट्रपतिका लागि मङ्गलवार निर्वाचनको नतिजा बुधवार सार्वजनिक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक छ : प्रचण्ड
-
बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र
-
अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा विराट कोहलीको आँखा यी तीन कीर्तिमानमा
-
थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु
-
स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिव ४ अर्ब रुपैयाँ थप निकासा
-
संघीय अस्पतालमा थन्किएका ५ सय अस्पताल उपकरण मर्मत