दुर्घटना
रुकुमबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना
बुधबार, २१ कात्तिक २०८१, १६ : ५३

काठमाडौँ । पूर्वी रुकुमबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको छ । बुधवार बागलुङको निसिखोला–६, जाउलेपानीमा ना८ख ८४१४ रात्रि बस दुर्घटना भएको हो ।
‘बसमा ४० जना हाराहारी यात्रु छन् । सडकमा ब्रेकफेल भएर १०० मिटर पछाडि बस पल्टेको छ,’ एक प्रत्यक्षदर्शीले बताए ।
अहिले प्रहरी चौकी निसिखोलाबाट प्रहरीको टोली घटनास्थलमा पुगेको र बुर्तिबाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको कमान्डमा १० जना जना प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी ऋषिराम कँडेलले जानकारी दिए ।
दुर्घटनामा १९ जना घाइते भएको र उनीहरूलाई एम्बुलेन्समार्फत उपचारका लागि लगिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवराज विक हत्या प्रकरण : २३ जनाको जन्मकैद सदर, दुई जनालाई सफाइ
-
६ एआईजीको पदस्थापन, सीआईबीमा चन्द्रकुवेर खापुङ
-
ट्रेलरमा यस्तो देखियो चलचित्र ‘ऊनको स्वीटर’
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर