सरकार सञ्चालन गर्न एमाले र कांग्रेसले बनाए ८ सदस्यीय संयन्त्र
![सरकार सञ्चालन गर्न एमाले र कांग्रेसले बनाए ८ सदस्यीय संयन्त्र](https://npcdn.ratopati.com/media/news/oli-deuba_Xn8EfxESgP.jpg)
काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन दुई दलीय संयन्त्रको कार्यदल गठन गरेका छन् । एमाले नेता राजेन्द्र गौतमले दुई दिनअघि गठित संयन्त्रमा केन्द्रको हकमा एमालेका चार र कांग्रेसका चार जना नेता रहने गरी ८ सदस्यीय संयन्त्र गठन गरिएको बताए ।
उनका अनुसार संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका उपमहासचिव विष्णु रिमाल रहेका छन् ।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा छन् । यसैगरी प्रदेशमा तीन तीन जना जना रहने गरी संयन्त्र विस्तार गर्ने र जिल्लामा दुई दुई जना रहने गरी संयन्त्र बनाइने गौतमको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० लाख पर्यटक भित्र्याउने गरी पोखरा भ्रमण वर्ष घोषणाको तयारी
-
१२ बजे, १२ समाचार : रविको धरौटी तिर्ने बैंकले धोका खानेदेखि विपिन जोशीको रिहाइका लागि सभामुखको पहलसम्म
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु
-
साहित्य उत्सव : जनकपुरका विविध पक्षबारे मन्थन
-
तातोपानी गाउँपालिकाद्वारा १७ विधेयक पारित
-
धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने