कार्यालयहरू सेवाग्राही मैत्री बनाएर काम गर्न शिक्षामन्त्रीको आग्रह

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले काम सेवाग्राही मैत्री बनाउनेतर्फ केन्द्रित हुन आग्रह गरेकी छन् । गृह जिल्ला कास्कीस्थित शिक्षा सम्बद्ध कार्यालयहरूको अनुगमनको क्रममा शिक्षामन्त्री भट्टराईले सेवा प्रवाहमा ढिलासुस्ती हुने गरेको जनगुनासो आउने गरेको भन्दै त्यसलाई सहज बनाउन आग्रह गरेकी हुन् ।
स्रोत साधनलाई दोष दिएर सेवा प्रवाहमा ढिलासुस्ती गर्न नहुने बताउँदै सेवा प्रवाहमा संरचना बाधक भए तत्काल सुधार गर्नुपर्ने बताइन् । राज्यका हरेक निकाय नागरिकका मौलिक हकहरूको संरक्षक समेत भएको हुँदा सबै निकाय इमानदारीपूर्वक आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्न आग्रह गरेकी हुन् ।
प्रदेश र स्थानीय तहसहित सङ्घ सरकारको समेत अपनत्व हुने गरी संरचना निर्माणमा मन्त्रालय लागिरहेको उनको भनाइ थियो । अब निजी र सरकारी शिक्षा भन्दा समग्र शिक्षा कस्तो बनाउने भन्नेतर्फ बहस केन्द्रित भएको बताइन् । छिट्टै जारी हुने शिक्षा ऐन मार्फत यसको सम्बोधन हुने बताइन् ।
मन्त्री भट्टराईले कास्कीस्थित शिक्षा विकास समन्वय इकाई, शिक्षा विकास निर्देशनालय, प्रादेशिक परीक्षा बोर्ड लगायतका कार्यालयहरूको अनुगमन गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल