ट्रम्पलाई दिएको बधाईमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले के भने ?
वासिङ्टन डीसी । अमेरिकाको राष्ट्रपति चुनावमा पूर्व अमेरिकी राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको जित पक्कापक्की भइसकेको छ । निर्वाचन आयोगले उनको जितको औपचारिक घोषणा गरेको छैन ।
विश्वबाट उनलाई बधाईको ओइरो लागेको छ । यो सूचीमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पनि छन् । चुनावमा ठूलो जित हासिल गरेकोमा ट्रम्पलाई बधाई भनेर जेलेन्स्कीले भनेका छन् । माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट गर्दै उनले ट्रम्पलाई बधाई दिएका हुन् ।
‘सेप्टेम्बरमा ट्रम्पसँग भएको शानदार भेट मलाई याद छ । यस क्रममा हामीले युक्रेन–अमेरिकी रणनीतिक साझेदारी, विजयको योजना र युक्रेन विरुद्ध रुसको आक्रामकता समाप्त गर्ने तरिकाबारे छलफल गरेका थियौँ ।’ पोस्टमा उनले लेखेका छन् ।
ट्रम्पले विश्वस्तरमा शक्तिको माध्यमबाट शान्तिको प्रतिबद्धता गरेको र उनको यो प्रतिबद्धताको आफूले सराहना गर्ने पनि उनले लेखेका छन् । यो युक्रेनलाई शान्तिको नजिक ल्याउने सक्ने सिद्धान्त भएको र यसलाई आफूहरूले मिलेर पूरा गर्ने आशा आफ्नो भएको पनि जेलेन्स्कीले लेखेका छन् ।
‘यो युद्ध छिट्टै अन्त्य हुनुपर्छ किनकि युक्रेन र यसका राष्ट्रपतिले ठूलो कठिनाइको सामना गरिरहेका छन्,’ सेप्टेम्बरमा जेलेन्स्कीलाई भेटेपछि डोनाल्ड ट्रम्पले भनेका थिए । उता, जेलेन्स्कीले चाँहि आफ्नो खराब समयमा अमेरिका बलियोसँग आफ्नो साथमा उभिएको र ऊमाथि आफूलाई पूरा आशा भएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय