मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय

ट्राफिक प्रहरीले चाबी खोस्ने निर्णय रोक्न माग गर्दै  उच्च अदालतमा रिट दर्ता

बुधबार, २१ कात्तिक २०८१, १४ : ४९
बुधबार, २१ कात्तिक २०८१

काठमाडौँ । सवारी चेकजाँचका क्रममा ट्राफिक प्रहरीले सवारी चालकको चाबी खोस्ने निर्णयमा रोक लगाउन माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएको छ । कानुनका विद्यार्थी विवेक चौधरीले ट्राफिक प्रहरीको उक्त कार्य कानुन स्वमत नभएको दाबीसहित रिट दायर गरेका हुन् । 

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ मा प्रहरीले तत्काल सजाय गर्न सक्ने प्रावधान रहेको छ र दफा १६० मा दण्ड सजायको  प्रावधान रहेको छ तर ट्राफिकले सुरुमै चाबी खोस्ने अभ्यास गरेकाले रोक लगाउन रिटमा माग गरिएको छ ।  

ऐनको दफा १३१ मा प्रहरी वा यातायात निरीक्षकलाई जाँचबुझ गर्ने अधिकार दिएको तर सवारी चालकको सवारीको चाबी खोस्ने अधिकारको प्रावधान नरहेकोले उक्त कार्य गैरकानुनी हुने रिटमा दाबी गरिएको छ । 

बिना उचित कानुनी आधार मनमानी रूपमा सवारी चालकको चाबी खोस्ने, जबरजस्ती निकाल्ने जस्तो कार्य गरिनुले गरिमा  र अनावश्यक राज्य हस्तक्षेपले स्वतन्त्र जीवन  बाँच्ने अधिकारमा हानि पुर्‍याउने रिटमा दाबी गरिएको छ । 

यस्तो कार्यले नेपालको संविधानको धारा १६ को विपरीत हुने रिटमा उल्लेख छ । उक्त धारामा सम्मानपूर्वक बाँच्न पाउने हकको हनन हुने रिटमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?