ट्रम्पले श्रीमतीसहित सम्पूर्ण परिवारलाई दिए धन्यवाद
बुधबार, २१ कात्तिक २०८१, १४ : १२

वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले आफूले जितेको घोषणा गरिसकेका छन् । योसँगै उनले आफ्नी कान्छी श्रीमती मेलानिया ट्रम्पलाई धन्यवाद दिएका छन् ।
उनले मेलानियालाई अमेरिकाको प्रथम महिला पनि भने । ‘यो देशको नम्बर एक बेस्ट सेलर पुस्तक हो । (मेलानिया)ले उत्कृष्ट काम गरेकी छिन् । मानिसहरूलाई मद्दत गर्न उनले निकै मेहनत गर्छिन् ।’
ट्रम्पले मेलानियाले लेखेको पुस्तकको प्रशंसा गर्दै भनेका छन् । यसैबिच ट्रम्पले आफ्ना छोराछोरीलाई धन्यवाद दिएका छन् । कार्यकर्तालाई सम्बोधनका क्रममा मञ्चमा आफूसँगै उभिएका आफ्ना छोराछोरीको नाम लिएर ट्रम्पले उनीहरूको प्रशंसा गरे ।
यस पटकको चुनावी अभियानमा मेलनिया र्याली र चुनाव प्रचार प्रसारमा खासै सहभागी भएकी थिइनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र
-
अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा विराट कोहलीको आँखा यी तीन कीर्तिमानमा
-
थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु
-
स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिव ४ अर्ब रुपैयाँ थप निकासा
-
संघीय अस्पतालमा थन्किएका ५ सय अस्पताल उपकरण मर्मत
-
वनबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न उद्यमशिलता विकास गर्नुपर्छ : उपराष्ट्रपति