मस्कलाई ट्रम्पले पार्टीको ‘न्यू स्टार’ भने
बुधबार, २१ कात्तिक २०८१, १३ : ४७

वासिङ्टन डीसी । अमेरिकाका पूर्व अमेरिकी राष्ट्रपति तथा यस पटकको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार डोनाल्ड ट्रम्पले निर्वाचनमा आफूले जितेको घोषणा गरेका छन् ।
आफ्नो जितको खुसीयालीमा ट्रम्पले कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् । यस सम्बोधनमा उनले आफ्ना उपराष्ट्रपति जेडी भान्सलाई पनि बोलाएका छन् ।
यसैबिच ट्रम्पले खर्बपति व्यापारी तथा विद्युतीय सवारी साधन निर्माता कम्पनीका सीईओ एलन मस्कलाई ‘न्यू स्टार’ भनेका छन् । मस्क यस पटकको चुनावी अभियानमा खुलेर ट्रम्पको पक्षमा लागेका थिए ।
उनी ट्रम्पको चुनावी अभियानको मुख्य हिस्सै रहे । यसैबिच ट्रम्पले मस्कलाई रिपब्लिकन पार्टीको ‘न्यू स्टार’ भनेका छन् । यसबाहेक पनि ट्रम्पले उनलाई अद्भुत पुरुष पनि भनेका छन् । अमेरिकामा ट्रम्प विजयी भएसँगै उनी ४७ राष्ट्रपति हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल