सोमबार, १५ पुस २०८१
ताजा लोकप्रिय

कार्तिक आर्यन भन्छन्- म सिंगल छु, यसैमा रमाइरहेको छु

बुधबार, २१ कात्तिक २०८१, १३ : ३४
बुधबार, २१ कात्तिक २०८१

मुम्बई । कार्तिक आर्यनले हालै आफ्नो प्रेम सम्बन्धको बारेमा कुरा गरेका छन्। डेटिङको हल्लाको जवाफ दिँदै कार्तिकले आफू विगत दुई वर्षदेखि फिल्म चन्दु च्याम्पियनको तयारीमा व्यस्त भएको उनले बताए । 

यसका लागि आफूले खेलाडी जस्तै जीवनशैली बिताएको उनको भनाई छ । म्यासेबल इन्डियासँग कुरा गर्दै कार्तिक आर्यनले भने, ‘म मेरो फिल्म चन्दु च्याम्पियनको तयारीमा पूर्ण रूपमा व्यस्त थिएँ । फिल्मका लागि मैले कठोर एथ्लिटको जीवनशैली अपनाएँ। जसका कारण व्यक्तिगत जीवनमा ध्यान दिने समय पनि पाएको छैन । यस समयमा म न त कुनै सम्बन्धमा छु न त कुनै डेटिङ एप्सका लागि समय छ ।’ 

कार्तिकले अहिले आफ्नो सिंगल लाइफमा रमाइरहेको र कसैलाई आफ्नो जीवनमा भित्र्याउन आवश्यकता नरहेको बताए ।

कार्तिक आर्यनले भने, ‘म एकदमै कडा दिनचर्यामा थिएँ, जसमा मैले एथ्लिटले जस्तै मेरो जिम, खाना र सुत्ने समय तालिका बनाउनुपर्थ्यो । यो सबै दुई वर्षसम्म चल्यो। यसबाहेक पौडी खेल्न पनि सिकिरहेको थिएँ । मेरो दिनचर्या यति व्यस्त थियो कि मसँग अरू कुराको लागि समय थिएन। भूल भुलैया ३ को छायांकन पनि चुनौतीपूर्ण थियो, किनभने समयमै पूरा गर्नुपर्ने थियो ।’

कार्तिक आर्यनको फिल्म चन्दु च्याम्पियन १४ जुनमा रिलिज भएको थियो । यो फिल्म देशका पहिलो पाराओलम्पिक स्वर्ण पदक विजेता मुरलीकान्त पेटकरको जीवनमा आधारित हो।

‘भूल भुलैया ३’ नोभेम्बर १ मा रिलिज भएको थियो । फिल्ममा कार्तिकका अलावा विद्या बालन, तृप्ति डिमरी र माधुरी दीक्षित पनि मुख्य भूमिकामा छन् । फिल्मले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । रिपोर्टका अनुसार यसले अहिलेसम्म १५० करोडभन्दा बढी कमाइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप