रहेनन् गदर फेम अभिनेता टोनी मिरचन्दानी
बुधबार, २१ कात्तिक २०८१, १३ : ३३

नयाँ दिल्ली । ‘कोई मिल गया’ र ‘गदर’जस्ता फिल्मबाट दर्शकमाझ चर्चामा आएका बलिउड अभिनेता टोनी मिरचन्दानीको निधन भएको छ ।
केही समयदेखि बिरामी उनको निधन भएको भन्दै भारतीय सञ्चार माध्यमहरूले समाचार छापेका छन् । मिरचन्दानीले आफ्नो अविस्मरणीय अभिनयले भारतीय सिनेमामा गहिरो प्रभाव पारेका थिए । उनी सहायक भूमिकामा सधैँ प्रभावशाली देखिन्थे । अभिनेताको निधनले बलिउडमा शोक छाएको छ ।
फिल्मका अलावा टोनी मिरचन्दानीले टिभी शोमा पनि काम गरेका थिए । उनी टिभी जगतमा पनि चर्चित अनुहार थिए । उनले धेरै शोमा पनि काम गरे । पर्दामा जटिल पात्रहरूको भूमिका खेल्न उनी माहिर थिए ।
मिडिया रिपोर्टका अनुसार टोनी मिरचन्दानी लामो समयदेखि बिरामी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय