सुटुक्क जापान जाँदा पदबाट राजीनामा दिन बाध्य भए कोशीका मन्त्री अधिकारी
काठमाडौँ । कूटनीतिक मर्यादा उलङ्घन गरेर सुटुक्क जापान जाँदा विवादमा तानिएका कोशी प्रदेशका एक मन्त्री राजीनामा दिन बाध्य भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले बुधबार पदबाट राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएको राजीनामा पत्रमा उनले नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् ।
उनले राजीनामा पत्रमा भनेका छन्, ‘यही २०८१ सालको तिहार बिदाको समयमा मैले गरेको निजी जापान भ्रमणको सन्दर्भमा भएका केही प्रक्रियागत विषयमा उठेका प्रश्नहरूको सन्दर्भमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो विषयमा प्रश्न उठिसकेपछि म एक जिम्मेवार पार्टीको जिम्मेवार जनप्रतिनिधिको हैसियतले उच्च नैतिकताको आधारबाट उक्त मन्त्रीपदबाट राजीनामा गरी नेतृत्वलाई सहयोग पुर्याउनु उचित ठानी आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मन्त्री पदबाट राजीनामा गरेको छु ।’
उनी गत कार्तिक १३ गते कूटनीतिक मर्यादा उल्लङ्घन गर्दै जापान गएको खुलासा भएपछि आलोचना भएको थियो ।
मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ ।
मन्त्रीपरिषदबाट निर्णय गराउनु त कता हो कता मन्त्री अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई समेत जानकारी नदिएको खुलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति