आईपीएल अक्सनको नालिबेली
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सन नोभेम्बर २४ र २५ तारिखमा साउदी अरेबियाको जेद्दाहमा आयोजना हुँदैछ । मेगा अक्सनका लागि विश्वभरका खेलाडीले आफ्नो नाम दर्ता गराइसकेका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अनुसार, अक्सनका लागि विश्वभरबाट एक हजार पाँच सय ७४ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । यसरी नाम दर्ता गराउनेमा विश्वका चर्चितदेखि नयाँ खेलाडीसम्म रहेका छन् ।
आईपीएलमा सहभागी क्लबहरूले रिटेन (आफैसँग राख्ने) र रिलिज (अन्य क्लबमा जान स्वतन्त्र छाडने) खेलाडीहरूको सूचि सार्वजनिक गरेपछि अब अक्सनमार्फत दुई सय चारजना खेलाडी छनोट गरिने समाचारमा जनाइएको छ ।
आगामी आईपीएलमा सहभागी हुने १० क्लबले ४६ जना खेलाडीलाई रिटेन गरेका छन् । क्लबहरूले खेलाडी रिटेन गर्न कुल पाँच अर्ब ५८ करोड ५० लाख भारतीय रुपैयाँ खर्च गरेको समाचारमा जनाइएको छ । सबैभन्दा महँगो रकममा रिटेन हुने खेलाडी दक्षिण अफ्रिकाका हेनरिक क्लासेन हुन् । क्लासेनका लागि सनराइजर्स हैदराबादले २३ करोड रुपैयाँ खर्चिएको थियो ।
यसपटक अक्सनमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को ३० वटा एसोसिएट सदस्य राष्ट्रका खेलाडीले आफ्नो नाम दर्ता गराएको बीसीसीआईले जनाएको छ । अक्सनमा भारतका एक हजार एक सय ६५ र विदेशका चार सय नौजना खेलाडी सहभागी हुनेछन् ।
अक्सनका लागि नाम दर्ता गराउनेमा भारतका अतिरिक्त सबैभन्दा बढी दक्षिण अफ्रिकाका खेलाडीहरू छन् । दक्षिण अफ्रिकाका ९१ जना खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका छन् । यो सूचिमा अस्ट्रेलिया दोस्रो स्थानमा छ । अस्ट्रेलियाका ७६ खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका छन् ।
आईपीएलको नियम अनुसार, प्रत्येक क्लबले आफ्नो टोलीमा बढीमा २५ जना खेलाडी समेट्न पाउने छन् । रिटेनको सूचि जारी गरिसकेपछि अब क्लबहरूसँग अक्सनमा खर्च गर्न एक अर्ब २० करोड भारतीय रुपैयाँ बाँकी रहेको छ ।
सहभागी क्लबमध्ये अक्सनमा खर्च गर्न राजस्थान रोयल्ससँग सबैभन्दा कम पैसा बाँकी छ । राजस्थान रोयल्ससँग अक्सनका लागि ४१ करोड भारतीय रुपैयाँ मात्र बाँकी छ । किनभने राजस्थान रोयल्सले ६ जना खेलाडी रिटेन गर्न ठुलो रकम खर्च गरेको थियो ।
साबिक विजेता कोलकाता नाइट राइडर्सले पनि ६ जना खेलाडी रिटेन गरेको थियो । तर, कोलकाता नाइट राइडर्ससँग अक्सनमा खर्च गर्न अझै ५१ करोड रुपैयाँ बाँकी छ । कोलकाताले दुईजना अनक्याप्ड खेलाडी रिटेन गरेकाले अक्सनका लागि बढी पैसा जोगिएको हो । राजस्थान र कोलकाताले अक्सनमा राइट टु म्याच (आरटीएम) कार्ड पनि प्रयोग गर्न पाउने छैनन् ।
अक्सनका लागि सबैभन्दा बढी रकम पञ्जाब किङ्सले जोगाएको छ । पञ्जाब किङ्ससँग अक्सनका लागि एक अर्ब १० करोड ५० लाख भारतीय रुपैयाँ बाँकी छ । किनभने पञ्जाब किङ्सले एक अर्ब २० करोड रुपैयाँमध्ये खेलाडी रिटेन गर्न केवल नौ करोड ५० लाख रुपैयाँ खर्चिएको थियो ।
यसैगरी, रोयल च्यालेन्जर्स बेंगलुरुसँग ८३ करोड, दिल्ली क्यापिटल्ससँग ७३ करोड, गुजरात टाइटन्ससँग ६९ करोड, लखनउ सुपर जायन्ट्ससँग ६९ करोड, चेन्नई सुपर किङ्ससँग ५५ करोड र सनराइजर्स हैदराबादसँग ४५ करोड रुपैयाँ बाँकी छ ।
पञ्जाब किङ्सले दुई अनक्याप्ड खेलाडी शशाङ्क सिंह र प्रभसिमरन सिंहलाई मात्र रिटेन गरेको थियो । अक्सनमा प्रयोग गर्न सबैभन्दा बढी चारवटा आरटीएम कार्ड सुरक्षित छ । मुम्बई इन्डियन्स, चेन्नई सुपर किङ्स, गुजरात टाइटन्स, सनराइजर्स हैदराबाद र लखनउ सुपर जायन्ट्सले पाँच–पाँच खेलाडी रिटेन गरेका थिए । त्यसैले अक्सनमा यी क्लबले एउटा आरटीएम कार्डमात्र प्रयोग गर्न पाउने छन् ।
रोयल च्यालेन्जर्स बेंगलुरुले तीनजना खेलाडी रिटेन गरेको थियो । त्यसैले अक्सनमा बेंगलुरुले तीनवटा रिटेन कार्ड प्रयोग गर्न पाउने छ । दिल्ली क्यापिटल्सले चारजना खेलाडी रिटेन गरेकाले अक्सनमा दुईवटा आरटीएम कार्ड प्रयोग गर्न पाउने छ ।
अक्सनका लागि नाम दर्ता गराएका सबै खेलाडी अक्सनसम्म पुग्ने छैनन् । अक्सनका लागि अन्तिम सूचि जारी गर्नुअघि बीसीसीआईले सहभाडी क्लबहरुसँगको सहमतिमा त्यसबाट थुप्रै खेलाडीको नाम हटाउने छ ।
ऋषभ पन्त, केएल राहुल, श्रेयष ऐयर, रविचन्द्रन आश्विन, युजवेन्द्र चहललगातका चर्चित भारतीय टोलीलाई यसपटक क्लबहरूले रिटेन नगरेकाले उनीहरू पनि अक्सनमा जानेछन् । अक्सनमा यी सबै भारतीय खेलाडीले आफ्नो न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ राखेका छन् ।
यसैगरी, प्रभावशाली भारतीय खेलाडी मोहम्मद सामी सन् २०२३ को आईसीसी एकदिवसीय विश्वकपका क्रममा घाइते भएका थिए । त्यसैले उनलाई पनि गुजरात टाइटन्सले रिटेन गरेन । उनले पनि अक्सनमा आफ्नो न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ राखेका छन् ।
दुई करोड न्यूनतम मूल्य राखेर अक्सनमा सहभागी हुने अन्य भारतीय खेलाडीमा खलिल अहमद, दीपक चाहर, वेंकटेश ऐयर, आवेश खान, इशान किशन, मकेश कुमार, भुवनेश्वर कुमार, प्रसिद्ध कृष्णा, टी. नटराजन, देवदत्त पडिक्कल, कुणाल पाड्या, हर्षल पटेल, अर्शदीप सिंह, वासिङ्टन सुन्दर, शार्दुल ठाकुर, मोहम्मद सिराज र उमेश यादब रहेका छन् । अघिल्लो सिजनको अक्सनमा बिक्री नभएका सरफराज खानले यसपटक आफ्नो न्यूनतम मूल्य ७५ लाख रुपैयाँ राखेका छन् ।
यसैगरी, इङ्ल्यान्डका प्रभावशाली क्रिकेटर जेम्स एन्डर्सनले पनि अक्सनमा आफ्नो नाम दर्ता गराएका छन् । आफ्नो समयका चर्चित तीव्र गतिका बलर ४२ वर्षीय एन्डर्सनले आफ्नो न्यूनतम मूल्य एक करोड २५ लाख भारतीय रुपैयाँ राखेका छन् ।
अघिल्लो सिजनको अक्सनमा सबैभन्दा बढी रकममा बिक्री भएका मिचेल स्टार्कले यसपटक आफ्नो न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ राखेका छन् । अघिल्लो सिजनको अक्सनमा उनलाई कोलकाता नाइट राइडर्सले २४ करोड ५० लाख रुपैयाँमा किनेको थियो ।
जोफ्रा आर्चरले पनि आफ्नो न्यूनतम मूल्य दुई करोड रुपैयाँ नै राखेका छन् । अघिल्लो सिजन उनले मुम्बई इन्डियन्सका लागि केवल पाँच खेल खेलेका थिए । त्यसपछि घाइते भएका कारण उनी आईपीएलबाट बाहिरिएका थिए ।
। लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सन नोभेम्बर २४ र २५ तारिखमा साउदी अरेबियाको जेद्दामा आयोजना हुँदैछ । मेगा अक्सनका लागि विश्वभरका खेलाडीले आफ्नो नाम दर्ता गराइसकेका छन् ।
यसपटक मेगा अक्सनका लागि इटालीका एक खेलाडीले पनि आफ्नो नाम दर्ता गराएका छन् । विश्व क्रिकेटमा इटाली खासै चर्चित नाम नभएकाले पनि यसलाई रोचक घटनाको रूपमा हेरिएको छ । इटालीको कुनै पनि खेलाडीले आईपीएलको मेगा अक्सनमा नाम दर्ता गराएको यो पहिलो पटक हो ।
मेगा अक्सनका लागि नाम दर्ता गराउने इटालीका खेलाडी थोमस ड्रेका हुन् । उनले हालसम्म इटालीका लागि केवल चारवटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनी तीव्र गतिका बलर हुन् । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुल आठ विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलले समकक्षी ट्रम्पलाई दिए सफल कार्यकालको शुभकामना
-
बागमती प्रदेशको विपद् व्यवस्थापनमा १३ करोड रुपैयाँभन्दा बढी खर्च
-
लहानमा अलपत्र खानेपानी आयोजनाको काम पुनःसञ्चालन
-
रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित
-
पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
-
इटालियन सिरी’एमा कोमोलाई सफलता