नर्थ क्यारोलिनापछिको जर्जियामा पनि ट्रम्पले गाडे रिपब्लिकन झन्डा

वासिङ्टन डीसी । पूर्व अमेरिकी राष्ट्रपति तथा यस पटकको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकाका सात स्विङ स्टेटमध्ये दुईमा विजय हासिल गरेका छन् । नर्थ क्यारोलिना र जर्जियामा ट्रम्प विजयी भएका छन् । यी दुवै राज्यमा १६–१६ इलेक्टोरल कलेज भोट छन् ।
सातमध्ये पाँच स्विङ स्टेटको नतिजा आउन बाँकी छ । प्रारम्भिक अनुमानले यी पाँचै राज्यमा ट्रम्पको अग्रता रहेको देखाएको छ । स्विङ स्टेटहरू ती राज्यहरू हुन् जहाँ चुनावमा जित वा हारबीच निकै कम अन्तर हुन्छ । एरिजोना, जर्जिया, मिशिगन, नेभाडा, नर्थ क्यारोलिना, पेन्सिलभेनिया र विस्कन्सिन स्विङ स्टेट भनेर चिनिन्छि ।
अलास्का र हवाई बाहेक अमेरिकाका सबै राज्यमा मतदान सकिएको छ । अहिले मतगणना जारी छ । हालसम्मको प्रक्षेपणले डोनल्ड ट्रम्पलाई २४६ इलेक्टोरल कलेज भोट छ भने कमला ह्यारिसले १८७ इलेक्टोरल कलेज भोट पाएका छन् । जितका लागि लागि ५३८ मध्ये २७० मत आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग