मतगणनाबिच ह्यारिसले रद्द गरिन् आफ्नो सम्बोधन
बुधबार, २१ कात्तिक २०८१, १२ : ३३

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा आउने क्रम जारी छ । यसैबिच डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आज हुने भनिएको सम्बोधन रद्द गरेकी छिन् ।
कमला ह्यारिसको कार्यालय बाहिर ठुलो सङ्ख्यामा उनका समर्थकहरू जम्मा भएका थिए । तर ह्यारिसको चुनावी अभियानमा संलग्न एक वरिष्ठ सदस्यले ह्यारिस आज सम्बोधन गर्न नआउने बताएका छन् ।
ह्यारिसको कार्यालयबाहिर उनको सम्बोधन सुन्न पर्खिरहेका कार्यकर्ता निराश भएका छन् । मतगणना जारी छ । प्रारम्भिक रुझान अनुसार कमला ह्यारिसका तुलनामा उनको प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प अगाडि छन् ।
ट्रम्पले उत्तरी क्यारोलिना र जर्जिया समेत गरी दुईवटा स्विङ स्टेट जितिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय शिक्षा विधेयकका ९१ दफामा सहमति जुट्यो
-
एनआरएनको प्रतिनिधि सबैले जुनसुकै पदमा उम्मेदवार दिन सक्ने
-
वीरगञ्जमा उत्पन्न विवाद समाधान
-
ज्वालालाई ३ दिनभित्र बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश
-
सहकार्यमा धोका भएको भन्दै एमाले निकट ११ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
-
मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, २ जना घाइते