७ ‘स्वीङ स्टेट’ मध्ये नर्थ क्यारोलाइनामा ट्रम्पले बाजी मारे, बाँकी ६ राज्यमा के छ अवस्था ?

वासिङ्टन । अमेरिकी राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएसँगै विभिन्न राज्यमा मतगणना भइरहेको छ । निर्वाचन परिणामका लागि अमेरिकाका ७ ‘स्वीङ स्टेट’ (कसले जित्छ भन्ने अनुमान गर्न कठिन) नै निर्णायक मानिने जानकारहरू बताउँछन् ।
तिनै ‘स्वीङ स्टेट’मध्येको एक नर्थ क्यारोलाइनामा डोनाल्ड ट्रम्प विजयी भएका छन् । सात ‘स्वीङ स्टेट’मा नर्थ क्यारोलाइनाका अतिरिक्त एरिजोना, जर्जिया, मिशिगन, नेवाडा, पेन्सिलभेनिया र विस्कन्सिन छन् ।
यसमध्ये जर्जिया र पेन्सिलभेनियामा पनि ट्रम्प जितको नजिक छन् । यी राज्यका अधिकांश मत गणाना भइसक्दा ट्रम्पले अग्रता बनाइरहेका छन् ।
एरिजोना र विस्कन्सिन राज्यमा पनि कमला ह्यारिससँग ट्रम्पले झिनो अन्तरले अग्रता बनाइरहेका छन् । यी दुवै राज्यमा आधाभन्दा बढी मत गणना भइसकेको छ ।
मिशिगनमा भने कमला ह्यारिसले अग्रता बनाएकी छन् । यहाँ ३२ प्रतिशतभन्दा बढी मत गणना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल