एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । स्थानीय उपनिर्वाचनको तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार कात्तिक २४ गते शनिवार बस्नेगरी सचिवालय बैठक बोलाइएको हो ।
‘कात्तिक २४ गते सचिवालय बैठक बोलाइएको छ । बैठकले उपनिर्वाचन तयारीको विश्लेषणसहित मातहतका पार्टी कमिटीहरूलाई आवश्यक निर्देशन दिन्छ’,गौतमले रातोपाटीसँग भने । एमालेले कात्तिक २२ भित्र उपनिर्वाचन हुने स्थानमा उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिइसकेको छ ।
मेयर, उपमेयर, अध्यक्ष उपाध्यक्ष र महानगरको वडाध्यक्षका उम्मेदवार प्रदेश र नगरपालिका र गाउँपालिकाका वडाध्यक्षका उम्मेदवार जिल्ला कमिटीलाई छनोट गर्ने अख्तियारी दिएको छ । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशमा महानगर बनाउने चर्चा कता हरायो ?
-
एमालेको सडक प्रदर्शन सत्ताको दुरुपयोग : नेतृ साह
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बढ्यो कोशी प्रदेशको आम्दानी, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख
-
आइतबारदेखि काठमाडौँ उपत्यकाको तापक्रम घट्ने
-
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (तस्बिरहरू)