इटालीका खेलाडी पनि आईपीएलको अक्सनमा !

काठमाडौँ । लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सन नोभेम्बर २४ र २५ तारिखमा साउदी अरेबियाको जेद्दामा आयोजना हुँदैछ । मेगा अक्सनका लागि विश्वभरका खेलाडीले आफ्नो नाम दर्ता गराइसकेका छन् ।
यसपटक मेगा अक्सनका लागि इटालीका एक खेलाडीले पनि आफ्नो नाम दर्ता गराएको समाचारमा जनाइएको छ । विश्व क्रिकेटमा इटाली खासै चर्चित नाम नभएकाले पनि यसलाई रोचक घटनाको रुपमा हेरिएको छ ।
इटालीको कुनै पनि खेलाडीले आईपीएलको मेगा अक्सनमा नाम दर्ता गराएको यो पहिलो पटक हो । मेगा अक्सनका लागि नाम दर्ता गराउने इटालीका खेलाडी थोमस ड्रेका हुन् । उनले हालसम्म इटालीका लागि केवल चारवटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् ।
यसका अतिरिक्त उनले ग्लोबल टी–२० क्यानडा लिग पनि खेलेका छन् । उनी तीव्र गतिका बलर हुन् । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुल आठ विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन नौ रन खर्चिएर तीन विकेट हो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन