‘कल्ली’बाट अभिनयमा कमब्याक गर्दै उत्तम
![‘कल्ली’बाट अभिनयमा कमब्याक गर्दै उत्तम](https://npcdn.ratopati.com/media/news/462365910_3947546092156941_9092637452794490029_n_4wGN4TnuDC.jpg)
काठमाडौँ । अभिनेता उत्तम प्रधानले फिल्ममा कमब्याक गर्ने भएका छन् । उनी लामो समयपछि ‘कल्ली’ मार्फत फिल्ममा कमब्याक गर्न लागेका हुन् ।
निर्माण युनिटले फिल्ममा प्रधान अनुबन्धित भएको सार्वजनिक गरेको छ ।
फिल्मका निर्माता किरण नेपाली र लेखक तथा निर्देशक लक्ष्मण सुनारले सिक्किम पुगेर प्रधानलाई फिल्ममा अनुबन्धित गरेका हुन् । प्रधानले लामो समयपछि नेपाली फिल्ममा कमब्याक गर्न पाउँदा आफू उत्साहित भएको प्रतिक्रिया दिए । फिल्ममा उत्तमको भूमिका के हुने भन्ने निर्माण पक्षले केही खुलाएको छैन । उनले केही समयअघि अभिनेत्री निरुता सिंहसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए ।
तुलसी घिमिरे निर्देशित ‘दर्पणछाया’बाट नेपाली फिल्ममा पाइला चालेका उत्तम पछिल्लो पटक ‘दर्पणछाया २’ मा विशेष भूमिकामा देखिएका थिए । त्यसपछि भने उनी नेपाली फिल्ममा सक्रिय छैनन् ।
‘कल्ली’ रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म हो । फिल्ममा सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल र बेनिशा हमालको समेत अभिनय रहनेछ ।
फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् । चैत्रको २९ बाट रिलिज हुने फिल्म कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा छायांकन हुने लक्ष्मण सुनारले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता