इन्टलेक्चुअल मोरन ब्यान्डले ल्यायो सन्देशमूलक रक गीत ‘रक्सी’
काठमाडौं । इन्टलेक्चुअल मोरन ब्यान्डको नयाँ रक गीत ‘रक्सी’ युट्युवमा सार्वजनिक भएको छ । दीपेन गुरुङको शब्द तथा स्वर रहेको गीतमा शरद श्रेष्ठको गिटार छ । गीतको ड्रिम्समा सम्राट मानन्धर र बेसमा संजीव श्रेष्ठले साथ दिएका छन् ।
गीतको भिडिओमा शरद स्वयम्ले अभिनय गरेका छन् । भिडिओलाई जेम्स लामाले निर्देशन गरेका हुन् । गीतले रक्सीले जीवनमा पार्ने असर र त्यसबाट मुक्त हुन सन्देश दिन्छ ।
ब्यान्डका गायक तथा गीतकार दीपेनले सात वर्षअघि मात्र रक्सी छाडेका थिए । त्यतिबेला उनले यो गीत रचेका थिए । सन् २००० को दशकतिर रक संगीतको जुन वर्चस्व थियो । दीपेनले त्यो घटेको पाए । त्यसैले उनी केही नयाँ जमर्को गरिरहेका थिए । शरदसंग सल्लाह गरेपछि यो गीत तयार पारेको उनले बताए । शरद अहिले ‘श्री ३’ र ‘टम्बलवीड’ ब्यान्डमा व्यस्त छन् ।
इन्टलेक्चुअल मोरन ब्यान्ड २०१० मा हङकङमा गठन भएको थियो । यो ब्यान्डले पोली युनिभर्सिटी म्युजिक शोमा नेपाललाई प्रतिनिधित्व गर्दै आफ्नो प्रस्तुति दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : तीन वर्षदेखि विरामी सचिनलाई राज्यले गरेन सहयोगदेखि रविको ‘थाहा छैन’ थेगो संगठित अपराधको ‘कोड भाषा’!
-
बझाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु
-
१२ अर्ब बजेटको समीक्षामा खर्बौंका आयोजनामाथि बहस
-
एमालेले भीम रावललाई निष्कासन गरेको विषयमा माओवादीले भन्यो– तानाशाही हर्कत !
-
त्रिपाठीले मोर्चा बनाउन पहल थालेपछि राउत र चौधरीबिच एकताको गृहकार्य
-
कास्की अदालतमा बहस : ‘थाहा छैन’ संगठित अपराधको ‘कोड ल्याङ्वेज’ त होइन ?