हवाई र अलास्का बाहेक अमेरिकाका सबै राज्यमा मतदान सकियो
बुधबार, २१ कात्तिक २०८१, १० : ५०

वासिङ्टन डीसी । हवाई र अलास्का बाहेक अमेरिकाका अन्य सबै राज्यमा मतदान केन्द्र बन्द गरिएको छ । परम्परागत रूपमा रिपब्लिकन पार्टीको गढ मानिने राज्यहरूमा ट्रम्पले जित्ने अपेक्षा गरिएको भएपनि केहीमा कमला ह्यारिस विजयी हुने देखिएको छ । अमेरिकामा कुल ५० राज्यहरू छन् । अर्को एक घण्टामा घण्टामा प्रक्षेपण आउन सुरु हुनेछ ।
तर कतिपय राज्यहरूमा मतगणनाले अरूको तुलनामा धेरै समय लिनेछ । मुख्यतया मेल मार्फत मतदान भएको नेभादा राज्यको अन्तिम नतिजा आउन केही दिन लाग्न सक्छ । शनिबारसम्म मतगणना हुनेछ । कतिपय मतपत्र मतदान केन्द्रमा ढिलो पुगेकाले यस्तो भएको हो ।