बुधबार, २१ कात्तिक २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति निर्वाचन : महिला र पुरुषमा कसले कसलाई समर्थन गर्दैछन् ?

बुधबार, २१ कात्तिक २०८१, ०९ : ४९
बुधबार, २१ कात्तिक २०८१

वासिङ्टन । यो अमेरिकी राष्ट्रपति चुनावमा अधिकांश महिला र पुरुषले कसलाई समर्थन गरिरहेका छन् भन्ने एक्जिट पोलको तथ्यांकमा देखिएको छ । अधिकांश महिला कमला ह्यारिसको समर्थनमा देखिएका थिए भने पुरुषहरू डोनाल्ड ट्रम्पको समर्थनमा देखिएका छन् ।

कमला ह्यारिसलाई ५४ प्रतिशत महिलाको समर्थन प्राप्त भएको तथ्याङ्कले देखाएको छ । जहाँ २०२० मा ५७ प्रतिशत महिलाले जो बाइडेनलाई समर्थन गरेका थिए ।

चुनावी नतिजाहरू एक्जिट पोलबाट अनुमान मात्रै गर्न सकिन्छ। यी वास्तविक परिणाम भने होइनन्।

तर, पछिल्लो निर्वाचनको तुलनामा डेमोक्रेटिक पार्टीलाई महिलाको समर्थनमा कमी आएको तथ्याङ्कले देखाएको छ । जुन ह्यारिसको पार्टीका लागि चिन्ताको विषय हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप