लोड गरिएको २ नाल भरुवा बन्दुकसहित एक जना पक्राउ
बुधबार, २१ कात्तिक २०८१, ०९ : ०४

धनगढी । लोड गरिएको अवस्थामा दुई नाल भरुवा बन्दुकसहित कैलालीमा एक जना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोस्ट गोदावरीबाट खटिएको प्रहरी टोलीले जिल्लाको गोदावरी नगरपालिका ४ तखरे गाउँ बस्ने ६५ वर्षीय लाल बहादुर बुढामगरलाई मंगलबार साँझ दुई नाल भरुवा बन्दुक, गोली, बारुदसहित पक्राउ गरेको हो ।
बुढामगरको घरबाट करिब ५० मिटर पूर्व रहेको चैतडा सामुदायिक जङ्गलको खोल्सामा लुकाई–छिपाई राखेको अवस्थामा २ नाल लोड गरेको भरुवा बन्दुक, सोही बन्दुक नजिकै रहेको कालो रङको झोलाभित्र ४ ओटा फलाम र ४ ओटा सिसाको गोली गरी जम्मा ८ ओटा गोली र अन्दाजी १००/२०० ग्राम बारुद बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक कवीन्द्र सिंह बोहराले जानकारी दिए ।
बुढामगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरकोट भ्रमण वर्ष भोलिदेखि
-
वालिङ-हुवास सडक धमाधम कालोपत्र हुँदै
-
विपिन जोशीको सकुशल रिहाइका निम्ति सहजीकरण गर्न कतारसमक्ष पुनः आग्रह
-
हाम्रो भविष्य पछाडि फर्केर होइन अगाडि बढेर उज्यालो बन्छ : प्रचण्ड
-
१० बजे १० समाचार : तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र, रविको मुद्दामा कैफियत प्रतिवेदन माग्यो सर्वोच्चले
-
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’