अमेरिकी राष्ट्रपति निर्वाचन
नर्थ क्यारोलाइनामा कमलाभन्दा अगाडि ट्रम्प
बुधबार, २१ कात्तिक २०८१, ०८ : ५७

वासिङटन डीसी । अमेरिकामा जारी राष्ट्रपतिको निर्वाचनको प्रारम्भिक रुझानका अनुसार नर्थ क्यारोलाइनामा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अगाडि छन् ।
अहिलेसम्म उक्त राज्यमा २६ प्रतिशत मात्र मतगणना भएको छ । यसमा ट्रम्पले कमलालाई उछिनेका छन् । राज्यमा कसले जित्ला भनेर अझै पर्खनुपर्नेछ ।
तर २६ प्रतिशत मतको गणना गर्दा ट्रम्पले ५३ दशमलव ७ प्रतिशत मत पाएका छन् भने डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले ४५ दशमलव १ प्रतिशत मत प्राप्त गरेकी छिन् । साउथ क्यारोलाइनामा पनि ट्रम्पकै अग्रता छ । ताजा मत परिणामअनुसार समग्रमा ट्रम्प अगाडि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार रजकको परिवारसँग लिङ्देनको भेट
-
‘अब मेरा पिताजी फर्केर आउनुहुन्न, त्यो हतियार अर्कोलाई नउठोस्’
-
अधिकार त्यसै प्राप्त भएको होइन संरक्षणमा गम्भीर बनौँ : उपप्रधानमन्त्री सिंह
-
एमाले कमजोर भइरहेको अध्यक्ष ओलीद्वारा झापाबाटै स्वीकार
-
स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार प्रयासरत छ : मन्त्री शाही
-
बनेपा उपमेयर कप महिला भलिबलको उपाधि ललितपुरलाई