अमेरिकी राष्ट्रपति निर्वाचन
नर्थ क्यारोलाइनामा कमलाभन्दा ट्रम्प अगाडि
बुधबार, २१ कात्तिक २०८१, ०८ : १८

वासिङ्टन डीसी । अमेरिकामा जारी राष्ट्रपति निर्वाचनको प्रारम्भिक रुझान अनुसार नर्थ क्यारोलाइनामा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प अगाडि देखिएका छन् ।
अहिलेसम्म उक्त राज्यमा २६ प्रतिशत मात्र मतगणना भएको छ । यसमा ट्रम्पले कमलालाई उछिनेका छन् ।
२६ प्रतिशत मतको गणना गर्दा ट्रम्पले ५३ दशमलव ७ प्रतिशत मत पाएका छन् भने डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले ४५ दशमलव १ प्रतिशत मत प्राप्त गरेकी छिन् । साउथ क्यारोलाइनामा पनि ट्रम्पकै अग्रता छ । ताजा मत परिणामअनुसार समग्रमा ट्रम्प अगाडि छन् । ट्रम्पले १६२ इलेक्टोरल भोट ल्याउँदा ह्यारिसको पोल्टामा ३४ भोट मात्रै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–बग्गीमा पर्यटक सरर, तस्बिरहरू
-
कांग्रेस महाधिवेशन तोकिएको मिति भन्दा दायाँबायाँ गर्न मिल्दैन: अर्जुननरसिंह केसी
-
अमेरिकी सांसदले जेलेन्स्कीको राजीनामा मागेपछि...
-
दक्षिण कोरियामा बढ्दो अमेरिकी सैन्य गतिविधि देखेर भड्किइन् किमकी बहिनी
-
ऊर्जा मन्त्रालयले कुलमानलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने !
-
बार मतदाता नामावली विवाद : आन्दोलनरत पक्ष र समितिबिच वार्ता सुरु