लेभरकुजनमाथि लिभरपुलको गोल वर्षा
बुधबार, २१ कात्तिक २०८१, ०७ : ५५

एनफिल्ड । लुइस डियाजको ह्याट्रिकको मद्दतले लिभरपुलले जर्मन च्याम्पियन बायर लेभरकुजनमाथि शानदार जित हात पारेको छ । मंगलबार राति भएको च्याम्पियन्स लिग अन्तरगतको खेलमा लिभरपुल ४–० गोलले विजयी बनेको हो ।
पहिलो हाफमा बराबरीमा टुंगिएपछि लिभरपुलले दोस्रो हाफमा गोल वर्षा गरेको थियो । ६१ औँ मिनेटमा डियाजले घरेलु टोलीलाई अग्रता दिलाए । २ मिनेटपछि कोडी गाक्पोले अग्रता दोब्बर बनाए ।
८३ औँ मिनेटमा डियाजले अर्को गोल थपे भने इन्जुरी समयमा उनले आफ्नो ह्याट्रिक पुरा गरे । खेलमा मोहम्मद शालाहले दुईवटा गोलको अवसर सिर्जना गरेका थिए ।
जितपछि च्याम्पियन्स लिगको नयाँ फर्म्याटको अङ्क तालिकामा लिभरपुल शीर्ष स्थानमा रहेको छ । ४ खेलपछि टोलीको सबैभन्दा धेरै १२ अङ्क रहेको छ । लेभरकुजन भने ७ अङ्कसहित ११ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानलाई हराउँदै काठमाडौँ फाइनलमा प्रवेश
-
यस्तो देखियो नेपालले हार्दा, तस्बिरहरु
-
राप्रपाको युवा संगठनद्वारा विरोध प्रदर्शन, रामहरि खतिवडाको पुत्ला दहन
-
प्रचण्डमा तीव्र निराशा र छटपटाहट देखिन थाल्योः शंकर पोखरेल
-
जादरानले तोडे च्याम्पियन्स ट्रफीको कीर्तिमान
-
एसपिए कैलाली प्रिमियर लिग–३ को उपाधि भिमदत्तले जित्यो