अमेरिकी राष्ट्रपति निर्वाचन
फ्लोरिडामा रिपब्लिकन पार्टी अगाडि, ७३ प्रतिशत मत गणना
बुधबार, २१ कात्तिक २०८१, ०७ : ५०

वासिङटन डीसी । अमेरिकामा जारी राष्ट्रपतिको निर्वाचनको मतगणनामा फ्लोरिडा राज्यमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी हुने सङ्केत देखिएको छ । हालसम्म करिब ७३ प्रतिशत मत गणना भइसकेको छ ।
अघिल्लो निर्वाचनमा यहाँबाट डोमोक्रेट उम्मेदवार जो बाइडेनले ट्रम्पलाई जितेका थिए । २४ वर्षअघि यस राज्यमा रिपब्लिकन पार्टीका जर्ज डब्लु बुसले केही हजार मतले जितेका थिए । उनले डेमोक्रेटिक पार्टीकी उम्मेदवार एल्गोरलाई पराजित गरेका थिए ।
फ्लोरिडाको प्रवृत्ति आश्चर्यजनक छैन । तर सेन्ट्रल फ्लोरिडाको ओर्लान्डो सहर नजिकै रहेको ओसियोला काउन्टीमा ट्रम्पले अग्रता लिनु डेमोक्रेटिक पार्टीका लागि चिन्ताको विषय बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवसँग प्रधानमन्त्रीले गरे छलफल
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान माग
-
कहिले पर्ला पानी ? दिनभर धुम्मियो काठमाडौँको आकाश (तस्बिरहरू)
-
समयले देखाएको संकेत
-
सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा खड्का निर्वाचित
-
बालेनको सचिवालयले भन्यो - एम्बुलेन्स वितरण गर्ने योजना नीतिगत निर्णय हो,जनप्रतिनिधिको कुनै संलग्नता हुँदैन