अमेरिकी राष्ट्रपति निर्वाचन
प्रारम्भिक रुझानमा ट्रम्प अगाडि
बुधबार, २१ कात्तिक २०८१, ०७ : ४७

वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रपति चुनावको लागि मतदान मंगलबार नोभेम्बर ५ मा भयो। यस चुनावमा मुख्य प्रतिस्पर्धा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसबिच छ ।
धेरै राज्यमा मतदान सकिएपछि मतगणना सुरु भएको छ । केही राज्यमा नतिजा आउन पनि थालेको छ । प्रारम्भिक तथ्याङ्क अनुसार रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि छन् ।
उनले १० राज्यमा जित हासिल गरेका छन् । छवटा राज्यमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस विजयी भएकी छन् ।
ट्रम्पले इन्डियाना र केन्टकीमा जित हासिल गरेका छन् । जबकि उनका प्रतिद्वन्द्वी डेमोक्र्याट उम्मेदवार कमला ह्यारिस भर्मन्टमा विजयी भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक