इजरायलका रक्षामन्त्री बर्खास्त

तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रक्षामन्त्री योभ ग्यालान्टलाई बर्खास्त गर्दै आफूहरूबिच ‘विश्वासको संकट’ रहेको बताएका छन् । नेतन्याहुले एक विज्ञप्तिमा हालका महिनाहरूमा ग्यालान्टमाथि उनको विश्वास ‘क्षय’ भएको बताउँदै विदेश मन्त्री इजरायल काट्जले ग्यालान्टको स्थान लिने जानकारी दिएका हुन् ।
यता ग्यालान्टले सामाजिक सञ्जालमा पोस्ट गरेर ‘इजरायल राज्यको सुरक्षा मेरो जीवनको मिसन थियो र सधैँ रहनेछ’ बताएका छन्। बर्खास्तीले तेल अभिभको सडकमा विरोध प्रदर्शन सुरु भएको छ । विपक्षी नेताहरूले व्यापक सार्वजनिक प्रदर्शनको लागि आह्वान गरेका छन्।
नेतान्याहु र ग्यालान्टबिच लामो समयदेखि सम्बन्ध सुमधुर भने थिएन । गत वर्षमा इजरायलको युद्ध रणनीतिलाई लिएर दुई व्यक्तिहरू बिच भनाभन भएको रिपोर्ट आएको थियो।
ग्यालान्टले गाजामा युद्ध जारी राख्नु अघि हमाससँगको बन्धक रिहाइ सम्झौतालाई प्राथमिकता दिनुपर्ने बताएका थिए जसलाई प्रधानमन्त्री नेतान्याहुले अस्वीकार गरेका थिए।
इजरायलका अल्ट्रा अर्थोडक्स नागरिकहरूलाई सेनामा सेवा गर्नबाट छुट दिन जारी राख्ने योजनामा पनि पूर्व रक्षामन्त्री असन्तुष्ट थिए।
अक्टोबर २०२३ मा गाजामा युद्ध सुरु हुनुभन्दा महिनौँ अघि, ठुलो सार्वजनिक आक्रोश पछि उनलाई पुनर्स्थापित गर्नु अघि नेतान्याहुले राजनीतिक मतभेदको कारण ग्यालान्टलाई बर्खास्त गरेका थिए।
तर मंगलबार नेतान्याहुले भने, ‘युद्धको बिचमा, पहिलेभन्दा बढी, प्रधानमन्त्री र रक्षामन्त्रीबिच पूर्ण विश्वास आवश्यक छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : पटेलको घातक बलिङ, १ सय ५४ रनमा समेटियो चेन्नई
-
गोरखा भूकम्पको १० वर्ष : बारपाकमा दीप प्रज्वलन (तस्बिरहरु)
-
सहकारी प्राधिकरणले अब गति लिन्छ : मन्त्री अधिकारी
-
नेपाली क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे
-
खोटाङमा अन्तरजातीय विवाह गर्ने पाँच दम्पती सम्मानित
-
निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती