अमेरिकी राष्ट्रपति निर्वाचन : मतदान केन्द्रहरूमा बम बिष्फोटको धम्की
बुधबार, २१ कात्तिक २०८१, ०१ : २७

वासीङ्टन डीसी । अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि मतदान चलिरहेकै बेला धेरैजसो मतदान केन्द्रहरूमा बम बिष्फोटको धम्की र अफवाह फैलाइएको छ ।
मतदातालाई रोक्नका लागि विभिन्न डोमेनहरूबाट यस्ता सूचना प्रवाह भइरहेको पाइएको छ ।
फेडरल ब्यूरो अफ इन्भेष्टिगेसन (एफबीआई) का अनुसार रुसी डोमेनहरूबाट आएका ती सूचनाहरू अफवाह फैलाउने उद्देश्यले पठाइएका हुन् ।
'चुनावको सुरक्षा र निष्ठा हाम्रो उच्च प्राथमिकतामा छ,' एफबीआईले भनेको, 'यस्ता धम्कीहरूबाट कुनै असर पर्दैन । हामीले त्यो सूचनाहरू विश्वासनीय भएको कुनै आधार पाएका छैनौँ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपाल बैठक : तीन दिनदेखि अभियानमाथि छलफल
-
यामाहा मेगा सर्भिस क्याम्प फागुन २४ सम्म चल्ने
-
ई–बग्गीमा पर्यटक सरर, तस्बिरहरू
-
कांग्रेस महाधिवेशन तोकिएको मिति भन्दा दायाँबायाँ गर्न मिल्दैन: अर्जुननरसिंह केसी
-
अमेरिकी सांसदले जेलेन्स्कीको राजीनामा मागेपछि...
-
दक्षिण कोरियामा बढ्दो अमेरिकी सैन्य गतिविधि देखेर भड्किइन् किमकी बहिनी