भरतपुर अस्पतालमा ‘निलो रूख’
![भरतपुर अस्पतालमा ‘निलो रूख’](https://npcdn.ratopati.com/media/news/bharatpur-hospital1643720316_e0I87aPeoq.jpg)
चितवन । मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउने उद्देश्यले भरतपुर अस्पतालमा निलो रूख स्थापना गरिएको छ ।
मानसिक स्वास्थ्यका विषयमा ‘चेतना फैलाऔँ र खुलेर चर्चा गरौँ’ भन्ने उद्देश्यसहित निलो रूख स्थापना गरिएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार नेपालमा पहिलो निलो रूख भरतपुर अस्पतालको परिसरभित्र स्थापना गरिएको छ ।
'हाम्रा घर, विद्यालय, समाज र कार्यक्षेत्रहरुमा मानसिक स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम गर्नु आवश्यक छ,' उनले भने, 'कतिपय मानसिक स्वास्थ्यका बारेमा खुलेर जिज्ञासा राख्न नसक्ने भएकाले भविष्यमा विभिन्न स्वास्थ्य समस्या आउने भएकाले समयमा नै सचेतना फैलाउनु जरुरी छ ।'
कार्यक्षेत्रहरुमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाऔँ, बहस गरौँ र चासो देखाऔँ भन्ने सङ्केत गर्न निलो रूख स्थापना गरिएको प्रा डा पौडेलले बताए । उनका अनुसार अष्ट्रेलियामा केन्डाल ह्वाइट र उनको समूहले सुरु गरेको यो अभियान नेपालमा पहिलोपटक आइपुगेको हो ।
अस्ट्रेलियन जेडेन ह्वाइटले सन् २०१८ मा आत्महत्या गरेपछि मानसिक स्वास्थ्यका बारेमा खुला बहस हुनुपर्छ भन्ने मान्यता लिएर सुकेको रूखमा निलो रङ पोतेर यो अभियानको थालनी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी नदीमा हामफालेकी महिलाको सकुशल उद्धार
-
विवादास्पद अभिव्यक्तिका कारण ‘इन्डियाज गट् लेटेन्ट’को एपिसोड युट्युबमा ब्लक
-
नेपाल अडिटर्स एसोसिएसनको सातौँ महाधिवेशनको मिति तोकियो
-
पत्रकार उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रह विमोचन
-
धम्की नदिन कृष्णमूर्तिलाई पोखराका वडाध्यक्षको चेतावनी
-
सम्बन्धविच्छेदको मुद्दा टुंगिएसँगै एलिनाले लेखिन्– प्रिय विष्णु हाम्रो सम्बन्ध अल्पायु मै पूर्णविराम लाग्यो