बुधबार, २१ कात्तिक २०८१
ताजा लोकप्रिय

गाजामा इजरायलको आक्रमण, कम्तीमा २५ जनाको मृत्यु

बुधबार, २१ कात्तिक २०८१, ०० : ४५
बुधबार, २१ कात्तिक २०८१

गाजा । उत्तरी गाजा पट्टीको बेत लाहिया सहरमा रहेको एउटा घरमा इजरायली बमबारीबाट कम्तीमा २५ प्यालेस्टिनीको मृत्यु भएको छ । 

प्यालेस्टिनको आधिकारिक समाचार संस्था वाफाले भग्नावशेषमुनि कैयौँ मानिस अझै बेपत्ता रहेको बताएको छ । इजरायली सेनाले उक्त घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सिमानामार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरेको थियो । यसमा लगभग एक हजार दुई सय मानिस मारिएका र करिब दुई सय ५० जनालाई बन्धक बनाइएका थिए ।

गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ४३ हजार तीन सय ९१ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले मङ्गलबार एक विज्ञप्तिमार्फत बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप