यसरी हुँदैछ अमेरिकी राष्ट्रपतिको चुनाव, तस्बिरहरू हेर्नुहोस्

वासिङ्टन डिसी । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतदान सुरू भएको छ । स्थानीय समयअनुसार बिहान ७ बजेदेखि मतदानका लागि मतदाताहरु लाम लागेका छन् ।
कतिपय राज्यमा मतदान सुरु भएको केही घण्टा भएको छ भने पश्चिमी तटका राज्यमा मतदान केही समय अगाडिबाट सुरु भइसकेको छ । आज राष्ट्रपति पदसँगै तल्लो सदनको चार सय ३५ र माथिल्लो सदनको एक सयमध्ये ३३ सिटका लागि पनि मतदान भइरहेको छ ।
यसपटकको राष्ट्रपति पदको निर्वाचनको परिणाम सात वटा स्वीङ्ग राज्यमा केन्द्रित हुने देखिएको छ । ती राज्यहरुमा जर्जिया, नर्थक्यारोलिना, पेन्सलभेनिया, एरिजोना मिचिगत, विसकन्सिन र नाभडा छन् । यी सात राज्यमा रातिको १० बजेसम्म मतदान गर्न पाइने छन् ।
अमेरिकाको पूर्वतटीय समयअनुसार राति १० बजेसम्म निर्वाचनको परिणाम आउने भए पनि विजयी घोषणा भने इलोक्ट्रोल कलेजको भोट पश्चात मात्र हुनेछ । त्यसका लागि केही साता कुर्नुपर्ने हुन्छ ।
कूल २३ करोड १० लाख मतदानका लागि योग्य भएको भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि नाम दर्ता गरेका छन् । राष्ट्रपति पदका लागि कूल इलोक्ट्रोल कलेज पाँच सय ३८ मध्ये दुई सय ७० भोट ल्याउनेले जीत हासिल गर्न सक्नेछन् । ‘अर्ली भोटिङ’मार्फत आठ करोड अमेरिकीले मतदानमा भाग लिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनामा भूमिगत विद्युत्गृहभित्र रोटर जडान
-
रुकुम पश्चिममा ७५ रोपनीमा लगाइएको अफिमखेती नष्ट
-
मकवानपुरमा छुट्टाछुट्टै दुर्घटना, दुई जनाको मृत्यु
-
रवि/बालेनहरुको उखरमाउलोलाई राष्ट्रिय खतरा देखाउन खोजिँदैछ : घनश्याम भुसाल
-
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता : प्रधानमन्त्री
-
अब सरकारी कोषबाटै पार्टीलाई रकम, उम्मेदवारलाई चुनावमा चन्दा वर्जित !