१२ बजे, १२ समाचार : 'अमेरिकी राष्ट्रपतिको चुनाव'देखि 'मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर र रवि अझै हिरासतमा'सम्म
पछिल्ला २४ घण्टामा विकसित मुख्य-मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :-
१. अमेरिकी राष्ट्रपति निर्वाचन
अमेरिकी राष्ट्रपति निर्वाचनका लागि मंगलबार मतदान भइरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ८ः३० बजेसम्म चल्नेछ । बिहानै चिसो भए पनि मतदान केन्द्र खुल्नुअघि नै यहाँका मानिसहरू लाइनमा बस्न थालेका छन् । यस चुनावमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबिच कडा प्रतिस्पर्धा छ ।
२. उपनिर्वाचन
आगामी मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले ४४ पदमा हुने उपनिर्वाचनका लागि तयारी तीव्र गतिमा भइरहेको जनाएको छ । यसअघि स्थानीय तहका ३९ पदमा उपनिर्वाचन हुने भनिएपनि थप ५ पद रिक्त हुन पुगेपछि ४४ पुगेको आयोगले जनाएको छ ।
३. मनाङे दोषी ठहर
सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको छ ।
४. प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरूलाई खोज्दै साइबर ब्यूरो
साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत कार्तिक १४ मा दशरथ रङ्गशालामा भएको फाइनल खेलमा प्रधानमन्त्री केपी ओली उपस्थित थिए । उता सोही समयमा जापानमा बस्ने एक जना भ्लगरले प्रधानमन्त्रीको ‘हत्या गर्न सकिने’ अभिव्यक्ति दिएर सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियो पोस्ट गरे । सो भिडियो धेरैले हेरेका छन् । कार्तिक १४ मा सो भिडियो पोस्ट गर्ने भ्लगर हुन्, रतन कार्की । २० वर्षीय कार्की विद्यार्थी भिसामा जापान गएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । टोकियोमा बस्ने भ्लगर कार्कीबारे प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ ।
५. विचार : रविको नाममा रास्वपालाई बलि नचढाऊ !
हिजो रास्वपाले ‘जान्नेलाई छान्ने’ भनेर जुन हो–हल्ला गरेको थियो, आज त्यसैमा अहम् प्रश्न तेर्सिएको छ— जान्ने भनेको कतै अपराध कर्म ढाकछोप गर्ने हुललाई त होइन ? यो प्रश्नको हिलोमा स्वर्णिम वाग्लेदेखि कवीन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ, मनिष झा, रमेश प्रसाईं, विराजभक्त श्रेष्ठ, सन्तोष परियार, डा. तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, अनिल केशरी शाहसम्म नराम्ररी पछारिएका छन् ।
६. दूरसञ्चार नियमावली
सरकारले दूरसञ्चार ऐनको विपरीत हुने गरी दूरसञ्चार नियमावलीको संशोधन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कात्तिक १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै नियमावलीको दशौँ संशोधन गरेको हो ।
७. रवि अझै जेलमा
कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ । कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
८. गलैँचा उत्पादन
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा नेपाली गलैँचा निर्यातबाट ३ अर्बभन्दा बढी रकम भित्रिएको छ । सो अवधिमा ४ लाख ३७ हजार ५६५ वर्गमिटर गलैँचा निर्यात हुँदा ३ अर्ब १ करोड ३५ लाख ३८ हजार रुपैयाँ भित्रिएको भन्सार विभागले जनाएको छ ।
९. प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ । सोमबार बेलुकीदेखि ज्वरो आएपछि उनको मंगलबार रगत जाँच गरिएको थियो । डेंगु भएको आशंकामा उनको रगत जाँच गर्दा डेंगु भने नदेखिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
१०. सर्वोच्चको फैसला
सरकारले भारतसँग गरेको दीर्घकालीन विद्युत् व्यापार सम्झौता विरुद्ध परेको रिट निवेदन खारेज भएको छ । मंगलबार सर्वोच्च अदालतले उक्त रिट खारेज गर्ने फैसला सुनाएको हो । अदालतले हिमाल आइरन एनड स्टिल प्रालिले डेडिकेटेड र ट्रंक लाइन मार्फत विद्युत् उपभोग गरेको रकम तत्काल तिराउन रोक्न माग गरी दायर गरेको रिट खारेज गरेको छ ।
११. स्वर्णलक्ष्मी सहकारी घोटाला
ठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको नाममा १२ वटा बैंकमा खाता सञ्चालन गरेको भेटिएको छ । तर, ती खातामा रकम भने भेटिएन । खाताबाट योजनाबद्ध रूपमा रकम निकालेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गितेन्द्रबावु (जीबी) राई समूहले ‘अपचलन गर्ने नियत’ राखेर नै रकम निकालेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
१२. दैनिक अस्पताल जान्छन् ज्ञानेन्द्र
पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको चिकित्सकहरुलाई उदृत गर्दै पारिवारिक स्रोतले जनाएको छ । पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको चिकित्सकहरुलाई उदृत गर्दै पारिवारिक स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युभेन्टसलाई हराउँदै आर्सनल क्वार्टरफाइनलमा, हर्टिगको गोल निर्णायक
-
डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका गेट्जले लिए नाम फिर्ता
-
६०० ग्राहकको विद्युत् लाइन काटिँदै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी