साउदी अरबमा हुने भयो आईपीएलका लागि खेलाडीको लिलामी
मङ्गलबार, २० कात्तिक २०८१, २१ : ५४

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका लागि साउदी अरबमा खेलाडीहरूको लिलामी हुने भएको छ । लिलामी समारोह जेद्दाह सहरमा नोभेम्बर २४ र २५ का दिन हुने जनाइएको छ ।
आईपीएलका सबै फ्रेन्चाइजीले कुल ४६ खेलाडीलाई ‘रिटेन’ गरेका छन् । आईपीएल २०२५ का लागि खेलाडीको नाम दर्ता गर्ने समयावधि ४ नोभेम्बरमा समाप्त भइसकेको छ । लिलामीका लागि कुल एक हजार ५७४ खेलाडीको नाम सूचीकृत भएको छ । जसमा एक हजार १६५ भारतीय छन् भने ४०९ विदेशी खेलाडी छन् ।
सूचीकृत भएका खेलाडीमा ३२० ‘क्याप्ड’ (सम्बन्धित देशको राष्ट्रिय टिममा सामेल भइसकेका) छन् भने एक हजार २२४ ‘अनक्याप्ड’ छन् । ३० खेलाडी भने एसोसिएट राष्ट्रका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले तेस्रो गोरखा–जितगढी एकीकरण पदयात्रा गर्दै
-
विश्वभरका गैरआवासीय नेपालीले एकताबद्ध एनआरएनए चाहेका छन्ः कुँवर
-
‘वसन्त’ नितान्त मेरो अनुभूति र ग्रामीण समाजको चित्रण हो : प्रकाश सपूत
-
पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्रको सेट परिवर्तन
-
दुर्गा प्रसाईंको राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै
-
१० बजे १० समाचार : ज्ञानेन्द्रलाई बालेनद्वारा जरिवाना, राजावादी धमाधम पक्राउ पर्दा 'कमाण्डर' दुर्गा फरार