बर्खाका कारण स्थगित गरिएको भित्तेचित्र लेखन पुनः सुरु
काठमाडौँ । बर्खाका कारण स्थगित गरिएको मौलिक तथा प्राचीन महत्वका चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने कामलाई काठमाडौँ महानगरपालिकाले पुनः सुरु गरेको छ । ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र लेखनलाई निरन्तरता दिइएको हो ।
यसका लागि ०८० फागुन १७ गते सम्झौता भएको थियो । पहिलो चरणमा सुन्धारा, नयाँ बानेश्वर, प्रदर्शनी मार्गका भित्ताहरू लगायतका काम सम्पन्न भएका छन् ।
अहिले कोटेश्वर सरस्वती पार्कमा विभिन्न फुटबल र फुटबल सँग सम्बन्धित व्यक्तिहरूको चित्र बनाउने कार्य भइरहेको छ । यसपछि त्रिपुरेश्वर रङ्गशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, बानेश्वर मीनभवन, लैनचौर समाज कल्याण परिषद्को भित्ताहरू चित्र कोरिनेछन् ।
यसरी कोरिएका चित्र जोगाउन नागरिक तहबाट दायित्व निर्वाह हुने महानगरपालिकाले अपेक्षा गरेको छ । चित्र भएका भित्तामा नछुने, कुनै रङ्ग नछर्किने, पोस्टर वा कागज नटाँस्ने, चित्रसँग तस्बिर खिच्दा नटाँसिइ अलग्गे खिच्न, अन्य कुनै बस्तुले नलेख्ने जस्ता काम महानगरपालिकाले नागरिकबाट गरेको अपेक्षा हो । यसरी चित्र कोर्नुसँग सम्बन्धित जीवन्त संस्कार संस्कृतिको संरक्षण र प्रवर्धनका कार्यक्रम गाँसिएका छन् । त्यसैले यो केवल एक पटक सम्पन्न गरेर सकिने कार्यक्रम होइन, निरन्तर चलिरहन्छ ।
यी चित्रहरूले काठमाडौँलाई चिनाउँछन् । काठमाडौँका सम्पदाको भव्यता प्रदर्शन गर्छन् । इतिहास, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्व कला, भाषा, साहित्य, शृङ्गार, रहनसहन, भेषभुषा, खानपान बिम्बित गर्छन् । जसलाई हरेक नेपालीले आत्मबोध गरेर स्विकार्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा यःमरी मेला हुने
-
योनेक्स सनराइज अन्तर्राष्ट्रिय च्यालेन्ज सोमबारदेखि
-
क्रिकेट मैदान बाहिर युवकलाई कुटेको घटनाबारे प्रहरीले थाल्यो छानविन
-
भैसीपाटी हनिट्राप : जिल्ला अदालतमा हाजिर भइन् शाही, बयानपछि थुनछेक हुने
-
आफूलाई भन्दा बढी बिरालोलाई माया गरेपछि श्रीमानविरुद्ध अदालत गइन् महिला
-
त्रिवि सभाको अनौपचारिक बैठकमा भएन कुनै निर्णय