बुधबार, २१ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

मङ्गलबार, २० कात्तिक २०८१, २१ : २३
मङ्गलबार, २० कात्तिक २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको  स्वास्थ्यमा सुधार देखिएको छ । सोमबार बेलुकीदेखि ज्वरो आएपछि उनको मंगलबार रगत जाँच गरिएको थियो । डेंगु भएको आशंकामा उनको रगत जाँच गर्दा डेंगु भने नदेखिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।   

ज्वरो आएर अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट नगरेको उनको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार प्रधानमन्त्री ओली मंगलबार बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप