टीभीएसको बाइक खरिदमा उतीम लाल साहले जिते नगद रु. १० लाख

काठमाडौँ । टीभीएसको बाइक खरिद गर्दा जनकपुरका उतीम लाल साहले नगद १० लाख ५ हजार रुपैयाँ जितेका छन् । दसैँ, तिहार र छठका अवसरमा टीभीएसद्वारा आयोजित ‘टीभीएससँग नयाँ युगको आरम्भ २०२४’ उपहार योजना अन्तर्गत साहले बाइक खरिद गर्नु अघि रु. ५ हजार र खरिद पश्चात् रु १० लाख जित्न सफल भएका हुन् ।
साहका साथै, महा एक्सचेन्ज मेला, भृकुटीमण्डपमा टीभीएसको सवारी साधन खरिद गर्दा टेकराज गुरुङले रु ५ लाख ५ हजार जित्न सफल भएका छन् । उनले खरिदअघि रु. ५,००० र खरिद पश्चात् रु. ५ लाख जित्न सफल भएका हुन् ।
महा एक्सचेन्ज मेला, भृकुटीमण्डपमै टीभीएसको सवारी साधन खरिद गरेका प्रकाश अधिकारीले सवारी साधनको खरिदमा ५०% क्यासब्याक र खरिदअघि रु. ५,००० जित्न सफल भएको जानकारी दिइएको छ । त्यसै गरी, बागेश्वरी अटोमोटिभ्स, धनगढीमा टीभीएसको सवारी साधन खरिद गरेका सञ्जित चौधरीले २५% क्यासब्याक र खरिदअघि रु. ५,००० जित्न सफल भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उपहार योजना अन्तर्गत हालसम्म २ जनाले नगद रु. १ लाख, ४ जनाले नगद रु. ५० हजार, १० जनाले नगद रु. २५ हजार, १५ जनाले नगद रु. १५ हजार र १८ जनाले नगद रु. ५ हजार जित्न सफल भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेरिटेज वाकको काम प्रभावकारी नभएको भन्दै उपप्रधानमन्त्री सिंहले जनाए असन्तुष्टि
-
वार्ता र संवादद्वारा एकताको वातावरण बनाउन एनआरएन अभियन्ता शर्माले गरे अपिल
-
मेस्सीको दुई गोलसँगै इन्टर मियामी ककाकाफ च्याम्पियन्स कपको सेमिफाइनलमा
-
आजबाट दोस्रो राष्ट्रिय हर्टिकल्चर एक्स्पो
-
१२ वर्षपछि बारमा फर्किएका मिश्र : निःशुल्क कानुनी परामर्शदेखि अन्तर्राष्ट्रिय मञ्चको प्रतिनिधित्वसम्म
-
ट्र्याक्टरको तेल ट्याङ्कीभित्र ब्राउन सुगर, दुई भारतीय नागरिक पक्राउ