मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

समीक्षाले लिएर आइन् मनछुने गीत ‘मुटु रेटियो’

मङ्गलबार, २० कात्तिक २०८१

काठमाडौँ । गायिका समीक्षा अधिकारीको सुमधुर आवाजमा नयाँ भावुक नेपाली लोकगीत ‘मुटु रेटियो’ सार्वजनिक भएको छ । 

यो गीतमा प्रितम श्रेष्ठको शब्द तथा संगीत रहेको छ, जसले सम्बन्धको मार्मिक कथा प्रस्तुत गर्छ । यस गीतमा एउटी नारीले पाएको विश्वासघात र नेपाली समाजले उनीमाथि गर्ने अमानवीय व्यवहारको चित्रण गरिएको छ । गीतले समस्यासँग लड्न हतास नभई डटेर लड्नुपर्ने सन्देश दिन खोजेको छ। 

स्मारिका ढकाल, मुकुन्द भट्ट र रिता सिवाकोटीको मुख्य अभिनय रहेको यस गीतलाई प्रवीण थापाले निर्देशन गरेका छन् । एरेन्ज कृष्ण बजुरालीले, छायांकन महेश महेराले, सम्पादन र रङ संयोजन अमृत चापागाईंले गरेका छन् । यो गीत हाल टिकटक र फेसबुक रील्समा पनि निकै चर्चामा छ । 

प्रितम श्रेष्ठले यसअघि पनि थुप्रै कर्णप्रिय गीतहरू प्रस्तुत गरिसकेका छन् । यो गीत प्रितम श्रेष्ठको युट्युब च्यानलमा सार्वजनिक भएको छ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया