कीर्तिपुरको मेयरमा कांग्रेसबाट ११ जना सिफारिस (नामावलीसहित)

काठमाडौँ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस कीर्तिपुर नगर समितिले ११ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । नगर सभापति कृष्णमान डंगोलले एक हप्ता अघिनै नाम सिफारिस गरिएको जानकारी दिए । हाल प्रदेश निर्वाचन क्षेत्र हुँदै सिफारिस नाम क्षेत्रीय समितिमा पुगेको छ ।
‘क्षेत्रले जिल्लामा पठाएपछि नाम वाग्मती प्रदेश समितिमा पुग्छ। त्यहाँबाट टिकट फाइनल हुन्छ‚’ उनले रातोपाटीसँग भने ।
सभापति डंगोलका अनुसार सहमति गरेर एक जनाको नाम पठाउने प्रयास गरिएपनि सफल हुन सकेन । त्यसैले सबै आकांक्षीको नाम लेखेर पठाइएको हो ।
नगर समितिले पहिलो नम्बरमा सभापति कृष्णमान डंगोललाई सिफारिस गरेको छ । यस्तै दोस्रोमा बद्रीलाल महर्जन, तेस्रोमा हिमाल कार्की र चौथो नम्बरमा जमुना नकर्मीको नाम सिफारिस गरिएको छ ।
चौथो नम्बरमा सिफारिस जमुना कीर्तिपुरका निधन भएका मेयर राजकुमार नकर्मीकी पत्नी हुन् ।
यस्तै नगर समितिले क्रमशः संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस गरेको उनले जानकारी दिए ।
‘हामी मध्ये जसले टिकट पाएपनि सबैले सहयोग गर्ने सहमति सहित सिफारिस गरिएको हो‚’ नगर सभापति डंगोलले थपे ।
तत्कालीन मेयर राजकुमार नकर्मीको गत साउन १० को मध्यरातमा निधन भएपश्चात् त्यहाँ उपनिर्वाचन गर्नुपरेको हो । नकर्मी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए ।
गएको स्थानीय तह निर्वाचनमा उनले ९०४३ मत ल्याउँदै चुनाव जितेका थिए । उक्त निर्वाचनमा ५५०७ मत सहित नेकपा एमाले उम्मेदवार केश रत्न बज्राचार्य दोस्रो र ४०९० मत सहित नेकपा(माओवादी केन्द्र) उम्मेदवार शिव शरण महर्जन तेस्रो स्थानमा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कार्गो रेल नचलाएसम्म रेल्वे कम्पनी नाफामा जान सक्दैन’
-
लोसपा रौतहटको संयोजकमा भरत साह
-
'जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुन्छन्'
-
ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब बजेट
-
एक्मीका विद्यार्थीलाई अन्यत्र सारियो, कलेजलाई कारबाही गर्न हुँदैछ आनाकानी
-
‘सर्माइ भागेर’ मा ‘दर्पण छाया २’ जोडी पुष्प र सहारा