मुख्यमन्त्री आचार्यले लिए अर्घाखाँची बस दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची बस दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । मंगलबार बुटवलस्थित चौराहा अस्पताल पुगेर मुख्यमन्त्री आचार्यले घाइतेहरूको अवस्थाबारे जानकारी लिएको उनका प्रेस सल्लाहकार दशरथ घिमिरेले बताए ।
अर्घाखाँची भुमिकास्थान नगरपालिका–६ खिल्जीमा सोमबार भएको बस दुर्घटनामा परी घाइते भएकाहरूसँग भेट गर्दै उनले उपचारमा कुनै कमी नहुने गरी व्यवस्था मिलाइएको बताए । उनले उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्यकर्मीहरूलाई निर्देशन समेत दिए ।
दुर्घटनामा दुई जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका थिए । भैलो खेलिरहेको समूहकै बिचबाट ना३ख २४७१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित तवरले अघि बढ्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको अर्घाखाँची जिल्ला अस्पताल र बुटवलका विभिन्न अस्पताल उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्मेटिक,फुड्स सप्लिमेन्ट आयात तथा उत्पादकलाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
-
दुर्गा प्रसाईं र महेश बस्नेतले एक अर्का विरुद्ध हालेको गाली बेइज्जती मुद्दा हेर्दाहेर्दैमा
-
आन्दोलनरत शिक्षकहरूको नारा – पुरानो ऐन चाहिँदैन, शिक्षक पिट्न पाइँदैन
-
तीनकुने घटनामा पक्राउ परेका ४० जनालाई थप १० दिन हिरासतमा राख्न अनुमति
-
कारखानामा यसरी बन्दै थियो पनिर, देखेर अधिकारीहरू पनि छक्क परे
-
अवैध रूपमा आयात गरेको एप्पल चामल सिल