मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश : दसैँ–तिहारमा १०२ वटा सवारी दुर्घटना, १९ जनाको मृत्यु

मङ्गलबार, २० कात्तिक २०८१, १५ : ३६
मङ्गलबार, २० कात्तिक २०८१

सुर्खेत । दसैँ–तिहारमा कर्णाली प्रदेशमा १०२ वटा सवारी साधनहरू दुर्घटना भएका छन् । असोज १७ गतेदेखि कार्तिक १९ गतेसम्म ३३ दिनमा ती दुर्घटनाहरू भएका हुन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीका अनुसार ती दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ भने १८४ जना घाइते भएका छन् । दसैँको अवधिमा मात्रै ४९ वटा सवारी दुर्घटना भएका थिए भने ६ जनाको मृत्यु भएको थियो । यस्तै ८६ जना घाइते भएका थिए । तिहारमा त्यो भन्दा बढी दुर्घटना भएको उनले डाँगीले रातोपाटीलाई बताए ।

जिल्लागत रूपमा सबैभन्दा बढी सुर्खेतमा दुर्घटनाहरू बढेको उनले बताए । त्यसपछि दैलेख, सल्यान र जाजरकोटका दुर्घटना बढी भएका छन् । दुर्घटना भएका सवारीमध्ये ७२ वटा मोटरसाइकल, सानो जिप २३, माइक्रोबस १२ वटा रहेका छन् ।

चाडपर्वको अवधिमा सवारी साधनको चाप बढी हुने, तीव्र गतिमा सवारी चलाउने, यात्रु क्षमता दोब्बर हुने लगायतका कारण दुर्घटनाहरू बढ्ने गरेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप