पञ्चेश्वर परियोजनाको ‘डीपीआर’ शीघ्र पूरा गर्न आग्रह

काठमाडौँ । भारत भ्रमणमा रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र त्यहाँका जलशक्तिमन्त्री सिआर पाटिलबिच आज नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयमा भेटवार्ता भएको छ ।
त्यस अवसरमा उनीहरुबिच पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चाँडाभन्दा चाँडो कार्यान्वयन गर्ने तथा बाढी नियन्त्रण, मानव संसाधन विकासलगायत पारस्परिक हित र साझा चासोका विविध विषयमा छलफल भएको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।
ऊर्जामन्त्री खड्काले नेपाल र भारतबिच बाढी तथा विपद् व्यवस्थापनसम्बन्धी संयुक्त समितिको बैठक यथाशीघ्र गर्ने पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई अन्तिम रुप दिन अनुरोध गर्नाका साथै टनकपुरदेखि नेपाल–भारत सीमासम्म नहर निर्माण सम्पन्न भएकामा भारत सरकारप्रति कृतज्ञताज्ञापन गरे ।
प्रत्युत्तरमा मन्त्री पाटिलले पञ्चेश्वरको डीपीआरलाई शीघ्र बनाउन सकारात्मक जवाफ दिएका थिए । भेटमा नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रतिनिधिको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा
-
अमेरिकी डलरसहित रियाल, दिराम र रिङ्गेट भाउ कति पुग्यो ? हेरौं विदेशी मुद्राको दररेट
-
इटालियन सिरी’एमा युभेन्ट्सको सहज जित
-
सिमसार संरक्षणले बढ्दै अजिङ्गरको सङ्ख्या
-
फलफूलखेतीका लागि प्रदान गरिने साधारण कर्जा नोक्सानी एक प्रतिशत हुने