समाचार
अमेरिकाको राष्ट्रपति निर्वाचनको पर्यवेक्षण गर्दै प्रमुख निर्वाचन आयुक्त थपलिया
मङ्गलबार, २० कात्तिक २०८१, १४ : ४९

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलिया अमेरिका पुगेका छन् । अमेरिकामा भइरहेको राष्ट्रपति पदको निर्वाचनको पर्यवेक्षणका लागि थपलिया अमेरिका पुगेका हुन् ।
स्थानीय समयअनुसार मंगलबार हुन गइरहेको अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच प्रतिस्पर्धा हुँदै छ । त्यहाँको संघीय निर्वाचन आयोगको निमन्त्रणमा थपलिया अमेरिका पुगेका हुन् । निर्वाचन पर्यवेक्षण सकेर यही कात्तिक २४ गते उनी स्वदेश फर्किने कार्यक्रम रहेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।
प्रमुख आयुक्त थपलिया स्वदेश फर्किएपछि मंसिर १६ लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि केही महत्त्वपूर्ण निर्णयहरू हुने उल्लेख गरे ।
आयोगले निर्वाचनका लागि मतपत्र छपाई, ढुवानी लगायत विभिन्न विषयहरूमा निर्णय गर्न बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म
-
युट्युबर गंगा लामा पक्राउ
-
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित
-
लखनउद्वारा जितका लागि १ सय ७२ रनको लक्ष्य प्रस्तुत