एमालेको आन्दोलनका क्रममा नगर प्रहरीको गुप्ताङ्गमा प्रहार, अस्पताल लगियो

काठमाडौँ । नेकपा एमालेका जनप्रतिनिधिको संलग्नतामा पोखरा महानगरपालिकामा मंगलबार भएको आन्दोलनका क्रममा एक जना नगर प्रहरी घाइते भएका छन् । आन्दोलनकारी र नगर प्रहरीबिच भएको धकेलाधकेलका क्रममा एक जना नगर प्रहरीको गुप्ताङमा प्रहार भएको हो ।
पोखरा महानगर प्रहरी बलका प्रमुख पुरुषोत्तम थापाले नगर प्रहरी सन्तबहादुर केसीको गुप्ताङ्गमा प्रहार हुँदा उनी घाइते भएको जानकारी दिए । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
‘कसले हान्यो थाहा भएन । खोजी भइरहेको छ । अण्डकोषमा चोट छ । अहिले अस्पतालमा लगेर एक्सरे हुँदैछ’, नगर प्रहरी प्रमुख थापाले रातोपाटीलाई बताए ।
करार कर्मचारी हटाउने निर्णयको विरोधमा पोखरा महानगरमा एमालेका जनप्रतिनिधिले धर्नासहित आन्दोलन गरेका हुन् ।
उनीहरू आफ्नो मागबारे मेयर र उपमेयरलाई जानकारी गराउने भन्दै भित्र प्रवेश गर्न खोजेपछि नगर प्रहरीले सम्बन्धित व्यक्ति नभएको भन्दै रोकेका थिए । सो क्रममा धकेलाधकेल हुने क्रममा नगर प्रहरीको गुप्ताङ्गमा अज्ञात व्यक्तिले प्रहार गरेको बताइएको छ ।
गत कात्तिक १५ गतेको कार्यपालिका बैठकले करार कर्मचारी हटाउने निर्णय गरेको थियो । सो निर्णयको एमालेले विरोध गर्दै आउँदा महानगरले भने बचाउ गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
-
२०८१ सालमा लुम्बिनी प्रदेश : एमालेलाई लाभैलाभ, साना दललाई संकट
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
नर्भिक अस्पताल ३३ औँ वर्षमा प्रवेश, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा
-
शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउँदै
-
नेपाल एयरलाइन्सद्वारा ऋण बापतको ५३ करोड ९ लाख भुक्तानी