प्रहरीले खोस्यो रास्वपाको आन्दोलनमा माइकिङ गर्ने गाडीको चाबी
मङ्गलबार, २० कात्तिक २०८१, १३ : २१

कास्की । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले गरिरहेको आन्दोलनमा माइकिङ गर्न प्रयोग भएको गाडीको चाबी प्रहरीले खोसेको छ ।
मंगलबार पोखरामा रास्वपाका कार्यकर्ताले गाडीमा स्पिकर र माइक राखेर नाराबाजी गरेपछि प्रहरीले चाबी खोसेको हो ।
जुलुसमा प्रयोग भएको गाडीको चाबी खोसेपछि सांसद सोविता गौतमले गाडीको चाबी फिर्ता मागिरहेकी छिन् । उनले ढुङ्गा नहान्न कार्यकर्तालाई आग्रह गर्दै उनले गाडीको चाबी फिर्ता मागिरहेकी छिन् । उनले
प्रहरीलाई आफ्नो स्थानमा जान आग्रह गरेकी छिन् ।
पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गर्दै आन्दोलन गरेका उनीहरूले निषेधित क्षेत्र तोडेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पाटन फेस्ट २०२५’ मा ४ चर्चित ब्यान्डले प्रस्तुति दिने
-
१७ दिनमै सकियो एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा ‘फ्लड लाइड’ जडान कार्य
-
बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त शिक्षाध्यक्ष लम्सालले लिए शपथ
-
आईसीसी नकआउट टुर्नामेन्टबाट आईसीसी च्याम्पियन्स ट्रफी
-
युएसएडका ४ हजारभन्दा बढी कर्मचारी बिदामा, डेढ हजारभन्दा बढीको जागिर गुम्यो