आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रहरीले खोस्यो रास्वपाको आन्दोलनमा माइकिङ गर्ने गाडीको चाबी

मङ्गलबार, २० कात्तिक २०८१, १३ : २१
मङ्गलबार, २० कात्तिक २०८१

कास्की ।  पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले गरिरहेको आन्दोलनमा माइकिङ गर्न प्रयोग भएको गाडीको चाबी प्रहरीले खोसेको छ । 

मंगलबार पोखरामा रास्वपाका कार्यकर्ताले गाडीमा स्पिकर र माइक राखेर नाराबाजी गरेपछि प्रहरीले चाबी खोसेको हो ।  

जुलुसमा प्रयोग भएको गाडीको चाबी खोसेपछि सांसद सोविता गौतमले गाडीको चाबी फिर्ता मागिरहेकी छिन् । उनले ढुङ्गा नहान्न कार्यकर्तालाई आग्रह गर्दै उनले गाडीको चाबी फिर्ता मागिरहेकी छिन् । उनले 

प्रहरीलाई आफ्नो स्थानमा जान आग्रह गरेकी छिन् । 

पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गर्दै आन्दोलन गरेका उनीहरूले निषेधित क्षेत्र तोडेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप