म नयाँ राष्ट्रपति बन्न तयार छु : ह्यारिस
मङ्गलबार, २० कात्तिक २०८१, १२ : ५७

वासिङ्टन डीसी । मंगलबार हुन गइरहेको अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेट पार्टीकी उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले आफू अर्को राष्ट्रपति बन्न तयार रहेको बताएकी छिन् । फिलाडेल्फियामा आफ्नो अन्तिम चुनाव प्रचार प्रसार अभियानको क्रममा मञ्चमा बोल्ने क्रममा उनले यस्तो बताएकी हुन् ।
अमेरिका के हो भनेर देखाएकोमा आफ्ना समर्थकलाई धन्यवाद भन्दै उनले यी सबैमा आफूहरू सबै एकै ठाउँमा रहेको बताएकी थिइन् । आफ्नो चुनावी अभियान अमेरिकीहरूको महत्त्वाकाङ्क्षा, आकाङ्क्षा र सपनालाई जागृत गरेको अनि मिलेर के गर्न सक्छौँ भन्नेबारे आफू आशावादी र उत्साहित रहेको पनि उनले बताइन् । मतदातासामु भय र विभाजनले डोर्याएको दशकयताको राजनीतिको पृष्ठ पल्टाउने अवसर भएको पनि उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
-
२०८१ सालमा लुम्बिनी प्रदेश : एमालेलाई लाभैलाभ, साना दललाई संकट
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
नर्भिक अस्पताल ३३ औँ वर्षमा प्रवेश, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा
-
शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउँदै
-
नेपाल एयरलाइन्सद्वारा ऋण बापतको ५३ करोड ९ लाख भुक्तानी