आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

किन पक्राउ परे नेतन्याहुका सहयोगी ?

मङ्गलबार, २० कात्तिक २०८१, १२ : ४३
मङ्गलबार, २० कात्तिक २०८१

तेल अभिभ । इजरायली प्रहरीले  प्रधानमन्त्री बेन्यामिन नेतन्याहुका शीर्ष सहयोगीलाई पक्राउ गरेको छ ।  विदेशी सञ्चार माध्यमलाई वर्गिकृत सूचना चुहाएको आरोपमा इलिजेर फेल्डस्टेन समातिएको भन्दै सीएनएनले समाचार छापेको छ । प्रतिपक्षका नेताहरूले भने यो सूचना झुठो भएको र गाजामा युद्दविराम र बन्दी  रिहाइसम्बन्धी सम्झौता विफल पार्न यसलाई रचिएको बताइरहेका छन् ।

हमासले इजिप्टको सीमा भएर गाजाबाट बन्दीहरूलाई बाहिर पठाउने योजना बनाइरहेको र बन्दीहरूको रिहाइ अनि युद्धविराम सम्झौताका लागि नेतन्याहुलाई दबाब दिन इजरायली समाजभित्र समूह बनाउन लागेको भनेर प्रधानमन्त्री कार्यालयसम्बद्ध स्रोतलाई उद्धृत गर्दै विदेशी सञ्चार माध्यमहरूले समाचार लेखेपछि अनुसन्धान सुरु भएको थियो । यसैअन्तर्गत ती सहयोगीलाई समातिएको बताइएको छ ।

वर्गिकृत र संवेदनशील गुप्तचर सूचना चुहिएको मामिलामा प्रहरीले कयौं व्यक्तिसँग सोधपुछ गरिरहेको पनि भनिएको छ । फेल्डस्टेन यिनै मध्ये एक भएको अदालतको कागजपत्रले देखाएको छ । आइतबार सार्वजनिक गरिएको अदालतको आदेशका अनुसार यी सूचना इजरायली सेनाको प्रणालीबाट लिएर अवैध रुपमा अरूलाई प्रेषित गरिएको थियो ।

यसले गाजामा हमाजले बन्दी बनाएर राखेका इजरायली बन्दीलाई रिहा गर्न सक्ने इजरायलको क्षमतामा क्षति पुगेको बताइएको छ । नेतन्याहुका एक जना प्रवक्ताले भने प्रधानमन्त्रीको कार्यालय (पीएमओ)बाट कुनै सूचना चुहिएको खबरको खन्डन गरेका छन् । औंला उठेको व्यक्ति सुरक्षासँग सम्बन्धित छलफलमा कहिले सामेल पनि नभएको बताइएको छ ।

यी सूचना चुहिएर गाजाबाट बन्दी रिहाईबारे हमाससँगको आफ्नो वार्ता वा छलफल प्रभावित भएको सम्भावना पीएमओले नकारेको छ । यस दाबीलाई पीएमओले वाहियात भनेको छ । आइतबार प्रतिपक्ष दmका नेता याइर लापिडले पीएमओलाई झुठा गोप्य दस्तावेज चुहाएर बन्दी सम्भावित बन्दी सम्झौतालाई नहन नहस गर्न लागेको आरोप लगाएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप