सलमान खानलाई फेरि आयो धम्की
नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएको छ । लरेन्स बिश्नोई गिरोहको नामबाट मुम्बई ट्राफिक प्रहरीलाई धम्कीपूर्ण सन्देश आएको छ । धम्कीमा सलमान खानलाई मन्दिरमा गएर माफी माग्न वा पाँच करोड भारु दिन भनिएको छ ।
धम्कीमा अभिनेतासामु दुई विकल्प
स्रोतहरूका अनुसार मुम्बई प्रहरीलाई लरेन्स बिश्नोई गिरोहबाट सलमानलाई धम्कीपूर्ण सन्देश आएको छ । धम्कीमा अभिनेतालाई दुईवटा विकल्प दिइएको छ । जीवित रहन चाहने हो भने उनले माफी माग्नु पर्नेछ वा ५ करोड भारु दिनु पर्नेछ । एक हप्ताभित्र सलमानलाई आएको यो दोस्रो धम्की हो ।
ह्वाट्सएपमा आएको थियो धम्की
प्रहरी स्रोतका अनुसार मुम्बई पुलिसको ट्राफिक कन्ट्रोल रुमलाई लरेन्स बिश्नोई गिरोहको नामबाट सोमबार राति ह्वाट्सएपमा धम्कीपूर्ण सन्देश आएको थियो । ट्राफिक कन्ट्रोल रुममा पठाइएको सन्देशमा धम्की दिने व्यक्तिले आफूलाई लरेन्स बिश्नोईको भाइ दाबी गरेको छ । जीवित रहन चाहन्छन् भने सलमान खानले बिश्नोई मन्दिरमा गएर माफी माग्नुपर्छ वा ५ करोड तिर्नु पर्नेछ । उनले यसो गरेनन् भने, उनलाई मारिदिने र आफ्नो गिरोह अझै सक्रिय भएको धम्कीमा भनिएको छ ।
अक्टोबर ३० मा पनि आएको थियो यस्तै धम्की
प्रहरीले म्यासेजको अनुसन्धान गरिरहेको छ । यसअघि गत हप्ता अक्टोबर ३० मा मुम्बई ट्राफिक कन्ट्रोलमा सलमान खानको नाममा यस्तै धम्की आएको थियो । त्यतिबेला अभिनेतासँग २ करोड रुपैयाँ फिरौती मागेर नतिरे ज्यान मार्ने धम्की दिइएको थियो । यस मामिलामा मुम्बई प्रहरीले एक अज्ञात व्यक्ति विरुद्ध एफआईआर दर्ता गरेको थियो । यसपछि मुम्बई प्रहरीले मुम्बईको बान्द्रा इलाकाबाट एक व्यक्तिलाई पक्राउ पनि गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ अर्ब बजेटको समीक्षामा खर्बौंका आयोजनामाथि बहस
-
एमालेले भीम रावललाई निष्कासन गरेको विषयमा माओवादीले भन्यो– तानाशाही हर्कत !
-
त्रिपाठीले मोर्चा बनाउन पहल थालेपछि राउत र चौधरीबिच एकताको गृहकार्य
-
कास्की अदालतमा बहस : ‘थाहा छैन’ संगठित अपराधको ‘कोड ल्याङ्वेज’ त होइन ?
-
१० बजे १० समाचार : सीके र रेशम मिल्दै, वामदेवलाई मागेको पद दिन अनकनाए माधव
-
सुदूरपश्चिममा पाँच हजार किलोमिटर सडक निर्माण गर्न गुरुयोजना तयार