स्थानीय उपनिर्वाचन अघि माओवादी केन्द्रीय समिति बैठक नबस्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थानीय तह निर्वाचनअघि नबस्ने भएको छ । स्थानीय तह निर्वाचनमा सक्रियतापूर्वक लाग्नुपर्ने भएकाले निर्वाचनअघि बैठक नबस्ने भएको हो ।
असोजको पहिलो साता सम्पन्न प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त परामर्श बैठकबाट आएका सुझावका आधारमा दसैँ–तिहारको बिचमा बैठक बस्ने भनिएको थियो । तर अध्यक्ष प्रचण्ड लगायत केन्द्रीय नेताहरू जिल्ला जिल्लामा व्यस्त भएको, तिहार, छठ जस्ता चाडपर्वका कारण बैठक तिहार लगत्तै बस्ने भनिएको थियो ।
परामर्श समिति बैठकबाट आएका सल्लाह र सुझावका आधारमा अध्यक्ष प्रचण्डले राजनीतिक दस्ताबेज लेख्ने तयारी गरेपनि पूर्णता पाइनसकेको प्रचण्डका सचिवालयले जानकारी दिएको छ । यद्यपि निर्वाचनको तयारी सम्बन्धमा आवश्यक निर्णय लिन पदाधिकारी बैठक बस्न सक्ने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।
‘स्थानीय तह निर्वाचनअघि केन्द्रीय समिति बैठक बस्दैन । तर आवश्यक निर्णय लिन पदाधिकारी बैठक बस्न सक्छ’, मंगलबार रातोपाटीसँग उनले भने ।
निर्वाचन आयोगले मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचनको तयारी तीव्र पारेको छ । सात प्रदेशका विभिन्न ४४ रिक्त पदका लागि निर्वाचन हुन लागेको हो । माओवादीले उपनिर्वाचनमा एकल प्रतिस्पर्धा गर्ने निर्णय गरे पनि आवश्यकता अनुसार विपक्षी दलहरूसँग सहकार्य हुन सक्ने विकल्प बाँकी राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा एक महिला मृत अवस्था फेला
-
प्रथम राष्ट्रिय सम्मेलनपूर्व क्रान्तिकारी युवा संगठनको र्याली
-
सवारीसाधन खरिदमा राष्ट्र बैंकको कडाइ, ‘हायर पर्चेज’को डाउन पेमेन्ट दोब्बर
-
आज साँझ जनमत पार्टीको बैठक बस्दै
-
‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?